Worldlink Communications

पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिदै:

साउन १६,पोखरा
कुन्मिन नगर र युनान को बाणिज्य  प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।
नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको शिष्टाचार भेटमा पोखरा र युनानको कुन्मिङ सहर बिच भविष्यमा कसरी अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो ।
पाँच सदस्यिय प्रतिनिधि मण्डल लिङचेन हु को नेतृत्व मा भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको नगर प्रमुख आचार्यले बताउनुभयो ।
थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ ।  थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरुको अध्ययन गरिरहेको छ ।लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो ।
यहि क्रममा युनानको वाणिज्य प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई सफल कार्यकालको शुभकामना सहित बधाई समेत ज्ञापन गरेको छ । टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।
पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुकगु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध रहेको बताउनुभयो।
-प्रकाश अधिकारी
प्रतिक्रिया दिनुहोस्: