Worldlink Communications

महेन्द्रेश्वर महादेव राम्चे आश्राम संरक्षण समिति पोखरा १६ ले नवनिर्वाचित स्थानीय जनप्रतिनिधि लगायत विभिन्न व्यक्तित्वहरु लाइ सम्मान कार्यक्रम सम्पन्न गर्यो

साउन १९ पाेखरा

पोखरा महानगरपालिका वडा न.१६ लामाचाैर तल्लाे शिवालय श्री महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम संरक्षण समितिबाट आयाेजित स्थानिय निकायकाे चुनावमा बिजयि हुनु भयका जनप्रतिनिधि  तथा यस गुठि आश्रमलाई संरक्षण र बिकासमा महत्वपुर्ण याेगदान दिने १० जना ब्यक्तित्वहरु लाइ सम्मान गरेको छ।

कार्यक्रम आश्राम संरक्षण समिति पोखराका अध्यक्ष  रिपु मर्दन थापा को अध्यक्षता तथा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा काे प्रमुख आतित्थ्यतामा सम्पन्न भयकाे सो कार्यक्रम सन्दिप थापा ले सन्चलन गर्नुुभएको थियो।

करिव १२ राेपनि क्षेत्रफलमा फैलियकाे शिवालयमा पाेखरा १६ मै सबैभन्दा ठुलाे शिवकाे मन्दिर स्थापना हुने आयोजक हरुले बताउनु भएको थियो अहिले उक्त मन्दिरकाे तिन तल्लाकाे ढलान कार्य मात्र सम्पन्न भएकाे छ ।

राष्ट्रिय गीत बाट शुरु गरियकाे सो कार्यक्रममा  स्वागत मन्तब्य महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम महिला उपसमितिका संयाेजक श्री गंगा कुमारि कुँवर थापा ले गर्नु भएको थियो।

त्यस्तै गरि कार्यक्रम मा जनप्रतिनिधि हरु र यस संरक्षण समिति मा योगदान पुर्याउने हुने क्रमश पूर्व जिल्ला न्यायाधीश रेशम कान्त अधिकारी,कृष्णबहादुर गुरुङ ,बरिष्ठ अधिवक्ता रामचन्द्र पौडेल, सोभियत बहादुर कुँवर, निर्मलमान सिंह भण्डारी, गण्डकी बोर्डिङ स्कुल ,असही भोज बहादुर थापा, हिक्मतबहादुर थापा ,देब बहादुर थापा ,पुजारी डिल्लीराम अधिकारीर उहाकि धर्म पत्नी लगायत १० जनालाई सम्मान गरिएको थियो।

महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम संरक्षण समितिले आयोजना  गरेको कार्यक्रममा  प्रमुख अथिति शुक्रराज शर्मा,१६ का वडाअध्यक्ष अमृत तिमिल्सिना, वडा कार्यालय १९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे, कणेश्वर शिवालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर बानिया, समाजसेबि माेहन बहादुर खत्री , लायन्स क्लव आरम्भ चाैतारि न्युराेडका अध्यक्ष माया बराल लगायत ले धार्मिक, आध्यात्मिक शहित का सब्द र शिवालयकाे बारेमा अआफना धारणा राख्नु भयकाे थियो ।

कार्यक्रम मा बोल्नुहुन सबै बक्ताहरुले सधै र जुनसुकै बेला पनि काम मात्र नभनि केहि समय आध्यात्मिक, धार्मिक र भगवानका कुरा गरेर समय बिताए मा मानिसहरुमा नयाँ उर्जा शक्ति थपिने कुरा राख्नु भयकाे थियाे । उक्त कार्यक्रममा शिवकाे मन्दिरमा आउनु भयका अतिथिहरुलाई प्रसाद स्वरुप खाजा को ब्यवस्था गरियकाे थियाे ।

कार्यक्रम भएको सम्पूर्ण खर्च आयोजकले आआफुले उठाएर गरेको भए पनि शिवका भक्तजनहरुबाट रु १,६७,५१० रुपैया स्वस्फुर्त रुपमा श्री महेन्द्रेश्वर महादेब गुठि राम्चे आश्रम समितिकाे नाममा उठेकाे थियाे ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: