Top Header Ad 1

दहिले होलि खेल्दै पोखरा महानगरपालिका २४ कास्कीकोट मौला बासिहरु

दहिले होलि खेल्दै पोखरा महानगरपालिका २४ कास्कीकोट मौला बासिहरु

परिबर्तन न्युज
४ भाद्र २०७९ बजे
परिबर्तन न्युज
४ भाद्र २०७९

भाद्र ४ पोखरा

पोखरा महनगरपालिका वाड नम्बर २४ का जनताहरुले कृष्ण जन्मअष्टमीको भोलिपल्ट दहीले होली खेलेर सदियौं पहिला देखि चलिआएको रितिरिवाज परम्परा संस्कृति जोगाएका छन।

Advertisement:Ad

पोखराको बिन्धवासिनी मन्दिरदेखि करिब १५ कि मि पश्चिम पोखरा महानगरपालिका कास्की कोट मौलाका जनताहरुले आज कृष्ण जन्म अष्टमीको भोलिपल्ट कृष्ण भगवानको नाममा दहीले होली खेल्ने परम्परा लाइ निरन्तरता दिएका छन।यो परम्परा सदियौं पुरानो परम्परा भएको यहाँका स्थानीय बासि तथा वडा कार्यालय २४ का सुब्बा ईन्द्र बहादुर जि सि बताउनुहुन्छ भने वडाध्यक्ष भरत बहादुर अधिकारीले सो कुरामा सहमत जनाउनुभएको थियो ।

त्यस्तै गरि बयोबृद्ध स्थानीयवासी टिकाराम त्रिपाठी र शिक्षक ठाकुर प्रसाद त्रिपाठीले पनि श्रीकृष्णको जन्म भएपछि केही परिवर्तन हुन्छ सबैको घरमा खुसियाली छाएको हुन्छ । सबैलाई राम्रो हुन्छ भन्ने विश्वासका साथ हरेक बर्ष हाम्रा पुर्बज पुर्खाहरुले धेरै पुरानो समयदेखि यस किसिमको पुस्ता हस्तान्तरण गर्दै आएको भएर हाम्रो बुडा हजुरबा हुदै  हजुर बा र हाम्रो बाबा सम्म आइपुगेको बताउनुभयो।

निरन्तर चलिआएको परम्परा अझै भन्नु पर्दा हिन्दू धर्मावलम्बी हरूको यस किसिमको सास्कृतिक परम्परा अनुसार आएका विश्वास लाइ त्यति सजिलै तोडिन नसक्ने भएको हुनाले पनि विशेषगरी कृष्ण जन्मिएको भोलिपल्ट दहिको होलि खेलेर सबै ले आफ्नो मनलाई र परिवारलाइ खुसी बनाएको छौ अनि धर्मलाई बलियो बनाएका छौं भन्नुभयो ।

यस परम्परालाई जोगाइ राख्नको लागि पोखरा महानगरपालिका वाड नम्बर २४ ले यसवर्ष १ लाख रुपैयाँ बजेट छुट्टाएको र आगामी दिन मा यस कार्यक्रम लाइ अझै भब्य र सभ्य बनाउनको लागि थप आबस्यक बजेट बिनियोजन गर्ने वडाध्यक्ष भरत बहादुर अधिकारी  बताउनुभयो।

होली खेली सके पछि कृष्णको अवतारको रुपमा सिंगारिएका कृष्णलाई रथमा राखेर कालिका मावि हुँदै मान्द्रे ढुंगा को आडैमा अवस्थित कालिका मन्दिर परिसरमा मा पुगेर कृष्ण रथ यात्रा को कार्यक्रम  सम्पन्न गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी प्रमुख र वडा सचिव इन्द्रबहादुर जि सि लगायत मन्दिर समितिका पदाधिकारीहरु, बुवाआमा ,दाजुभाई ,दिदीबैनी, ससाना भाइ बहिनीहरूको उल्लेख्य उपस्थितिमा दहीको होलि खेल्ने कार्यक्रम र कृष्णको रथारोहण कार्यक्रम मान्द्रे ढुंगा कालिका मन्दिरमा पुगेर समापन गरिएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज