असौज ५, पोखरा
आज पोखरा महानगरपालिका वड नम्बर १६ को शान्ति माध्यमिक बिद्यालय जुमलेटि को पुनर्निर्माण प्राविधिकरण द्वारा बनेको ८ कोठे पक्की भवन गण्डकी प्रदेश का अर्थमन्त्री रामजि बराल जिबनको प्रमुख आतिथता मा उधघाटन गर्नु भएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रम सोही विद्यालयका शिक्षक शंकर लामिछाने ले संचालन गर्नुभएको थियो। कार्यक्रममा पोखरा महा नगरपालिका वडा नम्बर १६ वरपरका सम्पूर्ण संघसंस्थाका प्रमुख विभिन्न विद्यालयका प्रतिनिधि तथा विद्यालयका प्रधानध्यापक अरु लगायत स्थानीय रुपमा विभिन्न क्लबका अध्यक्ष हरु र स्थानीय बुद्धिजीवी सम्पूर्ण लाइ आमन्त्रण गरिएको थियो।
२०३१ सालमा सामान्य प्रा वि बाट सञ्चालन गरिएको यस शान्ति मा. विद्यालय अहिले माविसम्म आइपुग्दा र यहाँहरु सबैलाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।भौतिक लक्ष्य पुरा गर्दै शैक्षिक उन्नति गर्ने तर्फ अगाडि बढिरहेको यस विद्यालय लाई यहाँहरूको साथ सहयोग चाहिएको छ, अपनत्व चाहिएको छ भन्दै स्वागत गर्नुभएको थियो।
स्मरण रहोस् बिद्यालयका प्रधानध्यापक सुर्य गिरिले विद्यालयको भौतिक पूर्वाधारसहित सबै पक्ष को जानकारी दिनुभएको थियो।
-प्रकाश अधिकारी






प्रतिक्रिया