Worldlink Communications

नेकपा समाजबादी कास्की जिल्ला पार्टी सचिव होम नेपाली पुन:एमाले

कार्तिक १२,कास्की

नेकपा समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली आफ्नै घर नेकपा एमालेमा फर्किनु भएको छ ।आज शनिबार उहालाई नेकपा एमाले ले स्वागत गरिएको छ ।  होम नेपाली नेकपा एकीकृत समाजवादी पार्टी  कास्कीका पिल्लरको रुपमा सचिवको जिम्मेवारी सहित जातियमुक्ति आन्दोलन मा निरन्तर लागिरहनु भएको एक इमान्दार नेता हुनुहुन्छ ।

नेकपा एमालेको उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ को भेलामा एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले  होम नेपालीलाई एमालेमा स्वागत गर्नुभएको थियो।

माधवकुमार नेपाल समूहले एमालेमा  रहदा बिभिन्न समयमा समानान्तर गतिविधि गरि कम्युनिष्ट आन्दोलन धरापमा पारेको कम्युनिस्टलाई कम्युनिष्ट हो भन्न पनि लाज लाग्ने अवस्थामा पुर्याएको  हुनाले सच्चा कम्युनिष्टहरुलाई जालझेल र बेइमान कुराहरुले सैहय नभएको हुनाले त्यस पार्टीमा संलग्न रहेर जतिसुकै इमान्दार भएर काम गरे पनि परिवर्तन सम्भव नदेखेपछि होम  नेपाली शनिबार आफ्नै घर एमाले फर्किनुभएको छ।

सोही कार्यक्रममा होम नेपालीले भावुक हुँदै भन्नुभयो आफू परिवर्तनको आस गरेर नयाँ पार्टीमा गएको तर त्यहाँबाट परिवर्तन सम्भव नहुने देखिएपछि पुनः आफ्नै घर एमाले फर्किएको  बताउनु भएको थियो।

विगतमा नेकपा एमालेमा रहँदा कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका होम नेपाली अहिले आफ्नै घर फर्किनु भएका होम नेपालीले देश र जनताको पक्षमा  राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने पार्टी एमाले बाहेक अर्को कुनै नभएको बताउनुभएको थियो  ।

नेकपा एमालेका जिल्ला इन्चार्ज कृष्ण थापाका अनुसार एकीकृत समाजवादीका अन्य केही प्रभावशाली नेता पनि एमाले फर्किने गरी अन्तिम वार्तामा जुटिरहेको जानकारी दिनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: