Worldlink Communications

पोखराका ग्रामीण वडाबासीलाई ५ वर्षभित्रै महानगरको अनुभूति दिलाउने : मिना गुरुङ

कात्तिक १६ ,पोखरा

पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु थुप्सुरैविधा पुग्न बाँकी छ ।  पोखरा १६ अनेमसघ को कार्यक्रम मा  पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता ब्यक्त गर्नु भयको छ ।

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भन्नुभयो  पोखरा महानगर पालिका देशकै ठूलो महानगर हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि चाहिने पूर्वाधार र सेवा, सुविधा पुर्नयाउन म हरदम यहाँहरुसँगै थिएँ सधै सँगै रहने प्रतिबद्दता गर्नुभयो ।

मिना गुरुङले महिलालाई आफू भएकै ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । यो देसमा महिला राष्ट्रपति बनाउने एमालेलाई  सम्झनुस्, अनि परिवर्तनका सम्बाहक अध्यष केपी शर्मा ओलीलाई सम्झनुस् र देस र जनताको जीवन परिबर्तन गर्न आफ्नो सरिर त्याग्ने बहादुर योद्धालाई सम्झनुस अनि सिर ठाडो पारि मसिर ४ मा उचित निर्णय गर्नुस् भन्नुभयो ।

कार्यक्रममा कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई, अनेमसंघकी नेता सिर्जना शर्मा, समानुपातिक उम्मेदवार छममाया पुन, एमाले पोखरा महानगर सचिव जीवन आचार्य लगायतले बोल्नु भयको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: