Worldlink Communications

अधिकार दिनुहोस कर्तव्य पुरा गर्दछौ ’—विद्या भट्टराई

कार्तिक २५ ,पोखरा

मंसीर ४ गते हुने प्रतिनिधि सभामा नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताले अधिकार दिएमा आफुले पुरै कर्तव्य पुरा गर्ने बताउनु भयो सो बिसय  निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उहाले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसंगै आफ्नो क्षेत्रको विकासमा इमान्दर पूर्वक लाग्ने प्रतिवद्धता गर्नु भयो  ।

पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको पहिलो आवश्यकता सडक निर्माण गर्रनु पर्ने  उल्लेख गर्दै उहाले त्यसका लागि सबै मिलि सम्भाव्यता अध्ययन गरेर तीनै तहका सरकारले ध्यान दिनुपर्नेआवश्यकता को महसुस हुनुपर्ने बताउनु भयो ।नयाँ वडाहरुमा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको  भट्टराईले ले बताउनु भयो ।

ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।जुनसुकै सरकारले गरेका विकास निर्माण, राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोबिसयमा गम्भीर आपत्ति भयको बताउनु भयो ।

दुःखको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उहाले कोभिडको महामारीका बाबजुद जनताका केही हदसम्मका अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार भई मतदाता  आदरणीय  जनता समक्ष आएको बताबताउनु भयो । नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोडदिनु भयको थियो ।

घरदैलो कार्यक्रमले स्थानीयहरुको आवश्यकता सहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता बताउनु भयो ।
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुबले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै अधिकारीले विकास विरोधी पाँच दलीय गठबन्धन लाई जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा  जोडदिनु भएको  छ ।

घरदैलो कार्यक्रममा स्थानीय जनताले निर्वाचनमा गरेका प्रतिवद्धता आश्वसनमा मात्र सिमित नराखी पुरागर्नेतर्फ  उम्मेदवारहरुलाई सचेत गराउँदै, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन,खानेपानी, विद्युतीकरण सहित युवा वर्गलाई स्वदेशमै उद्यमशिलताको विकास गरि रोजगार सिर्जना गर्नुपर्ने ध्यानाकर्षण गराएका गराउनु भयको थियो  । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिका ११ वटा वडा
पर्दछन्।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: