Worldlink Communications

एमाले उम्मेदवार दामोदर र गणेशमान भन्नुहुन्छ घट्टेखोला–धम्पुस सडक पिच हामीले नै गर्छौं

कार्तिक,२६ पोखरा

नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक पिच गर्ने प्रतिबद्धता जनाउनुभयको छ ।

चुनावी घरदैलो कार्यक्रमको क्रममा शनिबार माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस पुगेका उम्मेदवारद्धय संग  मतदाताले  पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि धम्गापुस गाउँसम्मको बाटो पिच गर्न आवश्यक रहेको बताएका थिए । त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पुरा गर्ने प्रतिवद्धता जनाउनु भयको हो  । यहाँबाट पढ्न, जागिर गर्न र आफ्पोनो दैनिकी जिबन यापन गर्खनको लागी पोखरा जानेहरू हुनुहुन्छ उहाँहरुको मर्म मैले राम्रो संग  बुझेको छु भन्नु भयो  । प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल बैरागी ले भन्नुभयो –‘पर्यटक आउजाउ गर्न, गाउँकै मान्छे बजार आउजाउ गर्न, यहाँको उत्पादन पुर्याउन पनि सहज हुन्छ यो बिसय  पनि राम्रो संग  थाहा छ । जिताएर पठाउने काम हजुरहरुको बाटो पिच गर्ने काम हाम्रो ढुक्क हुनुस भन्नु भयो   ।

आजकल नेपाली नेपालि को घुम्ने बानी विकास भएको भन्दै उहाले अब धम्पुसमा अझै पर्यटक भित्र्याउने योजना ल्याउन को लागि नयानया तरिका अपनाउन  लाग्नुपर्ने बताउनु भयो । यहाँ बिदेसी तथा स्वदेसी पाहुना कसरी ल्याउने आइरहने भन्दा अझ बढाउने कसरि भन्ने बिषय यहाका स्थानीयहरुले सुरुमा सोच्नुपर्छ भन्नुभयो । त्यहीअनुसार सबै मिलेर लागेपछि हामीले पनि त्यहि अनुसार हेर्न पर्ने हुन्छ ।

प्रदेशसभा उम्मेदवार गणेश मान गुरुङले आफु धम्पुसको स्थानीयको हैसियतले पनि धम्पुसमा पर्यटन प्रवद्र्धन र समग्र धम्पुसको विकासको लागि कुनैकसर बाँकी नराख्ने भन्नुभयो ।उम्मेदवारद्धय बैरागी र गुरुङले शनिबार नै माछापुच्छ्रे–६ धितालका मतदातासँग पनि भेटघाट गर्नु भयको थियो । यहाको बिकासको बिकासको लागि आफूले होमस्टे पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखेको बताउनु भयको थियो  । प्रदेशको पर्यटन मन्त्रालयसँग होमस्टे प्रवर्द्धनका कार्यक्रम भएकाले समन्वय गरेर होमस्टे विकासमा अझै काम गर्न सकिने उहाहरुले सो कार्यक्रम मा उपस्थित जनता लाई बताउनु भयो  । जितेपछि आफूले गाउँका सडक पूर्वाधारसहित अन्य समस्या समाधान गर्न प्रदेस र  संघमा रहेर भूमिका खेल्ने बताउनु भयो  ।

नेकपा एमाले को तर्फबाट कास्कि ३ मा प्रतिनिधिसभामा दामोदर पौडेल बैरागी र प्रदेश सभा ३(१)मा गणेशमान गुरुङ र प्रदेश सभा ३ (२)मा राजीव पहारीले  उम्मेदवार दिनुभयको छ भने कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् ।प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२)मा अन्नपूर्ण गाउँपालिकासहित ५, ६, २२, २३ र २५ नम्बर वडा पर्छन् ।

-प्रकास अधिकारी

प्रतिक्रिया दिनुहोस्: