राजिब पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठित- युवाहरु भन्नुहुन्छ जसरीपनि जिताइन्छ

राजिब पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठित- युवाहरु भन्नुहुन्छ जसरीपनि जिताइन्छ

परिबर्तन न्युज
२७ कार्तिक २०७९ बजे
परिबर्तन न्युज
२७ कार्तिक २०७९

कार्तिक २६,पोखरा

लेकसाइड पर्यटकिय क्षेत्रका युवाहरु यहि मसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) का  राजीव पहारीलाई जिताउन संगठित भएको छ  । लेकसाइडलाई अन्तर्राष्ट्रिय पर्यटकिय केन्द्र बनाउन राजिब पहारीको जित अत्यवश्यक भएकोले बिसेसगरि हामि लेकसाइडका युवाहरु सगठित हुनुपरेको बास्तबिकता घाम जे छर्लंग भयको युवाहरुले बताउनु भयको  छ ।

Advertisement:Ad
Advertisement:Ad

पहिलाको लेकसाइडको सडकमा खाडलै खाडल थिए सडकमा पानी जम्दा चु गरेर बोल्न नसक्ने  भनि  व्याङग्य सुनिन्तथ्रयो अहिले यहाँ राजिब पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरेपछि सबै को घैटामा घाम लागेको  हल्लनचोकका शोभित परियारले  परिवर्तनन्युज संग भन्नु भयो  ।

राजिब पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्यालाई पहारीले नै हल गर्ने गरेको  अर्का युवा सुन्दर पहारीले बताउनु भयो ।फेरिपनि सुन्दर भन्नु हुन्छ  राजिब पहारी  फेवातालको पानी खाएर हुर्किएको मान्छे हो यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ त्यसैले आगामी मसिर ४ मा हुने  निर्वाचनमा जिताउन हामी फेरी एक पटक सगठित भयका छौ  ।

Advertisement:Ad
Advertisement:Ad

कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यति बेला लेकसाइडका विभिन्न स्थानमा नेकपा एमालेका समुहहरु स्वस्हफुर्त  राजिब पहारीको पक्षमा मत माग्न हिडेको देख्न सकिन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज