Worldlink Communications

हिजको बाचा पुरा गर्न सरकार बनाउने मौका दिनुस बिकास निर्माण मा कुनै सम्झौता गरिने छैन – बिध्या मिना गुरुङ

कत्तिक २६ ,पोखरा

कास्की को क्षेत्र न. २ र दुइ को २ पोखरा महानगरपालिका वार्ड न. ९ मा भयको नेकपा एमालेको घरदैलो  मा बोल्दै  बिध्या र मिना ले हिजको बाचा पुरा गर्न सरकार बनाउने मौका दिनुस बिकास निर्माण मा कुनै सम्झौता गरिने छैन भन्नु भयो ।

देसमा धेरैपटक चुनाबहरु भए तर कह्ल्यै पनि नेकपा एमालेले बहुमतको सरकार चलाउन नपाएकोले  र अहिले गठबन्धनको अल्पमतको  सरकारले देस र जनता प्रति  गरेका ब्यबहारले सबै लाई वाक्कदिक्क पारेको सर्बबिदितै भयको हुनाले पनि यो पटक नेकपा एमालेलाई इमान्दार बनेर सुर्यमा भोट राखी बहुमतको सरकार बनाउन सहयोग गर्नुहुन अनुरोध गर्नुभयको थियो ।

देसैभरी अहिले सत्ता गठबन्धन पाचदल एकातिर र एमाले एक्लैअर्कातिर भएर चुनाबी मैदानमा गएका ले  यो अवस्थामा जनताले स्थिर र  दरिलो सरकार बनाइँ विकासको  गति दिने नै एमाले हो भन्नेकुरा तपाई जनताले बुझेर हामीलाई जिताउनु पर्छ भन्नुभयो  कास्की को क्षेत्र न. २ र दुइ को २ मा एमालेबाट उम्मेदवार बन्नुभयका उहाहरुले  मंसिर ४ को चुनाब पछि एमालेले  सघ र प्रदेशहरुमा एकल सरकार बनाउने दाबी गर्नुभयो  ।हाम्रा एजेन्डाहरु  जनताको पक्षमा छन् ब्यबहारिक अनि आर्कषक  पनि छन् त्यसैले अहिलेको माहोलमा हाम्रो जित भइसकेको छ  जनताले ५ तिर फर्किएको स्वार्थी गठबन्धनको असलीरुप देखिसकेको ले अब गठबन्दन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् भन्नुभयो ।

सघका निबर्तमान ससद बिध्या अधिकारी भट्टराई एबम  गण्डकी प्रदेशसभाको निवर्तमान सांसदसमेत रहनु भएको  मिना गुरुङले अघिल्लो कार्यकालमाआफुहरु ले गर्न खोजेका र सुरु गरेका काम हरु पुरा गर्न पनि  दोहोरिन चाहेको बताउनु भयो । शनिबार पोखरा ९ मा घरदैलोका क्रममा आफ्ना   मतदातले दिएका  हरेक राम्रा सुझाब हरुलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास, निर्माणमा समर्पित भै कम गर्ने  प्रणगर्नु भयो  । देस र जनताको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उहाहरु ले यसको खाँका र इच्छाशक्ति एमालेसँग मात्र भएको दाबी गर्नुभयो  ।

पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कहिँकतै समस्या नभएको र हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको आधार भयको बताउनु भयका  बिध्या र  मिना  ले  ‘हाम्रो एकताको सामना गर्न अरु सबै गठबन्धन बनाएर आएको र हामी एक्लै लडेको हुनाले पनि यो सत्य र असत्य बीच को लडाईं हो यस लडाई मा सत्य को बिजय  हुनेमा आफुहरु  बिस्वस्थ रहेको बताउनुभयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: