Worldlink Communications

कुरा बिकासको हो, कुरा सम्ब्रिदी को हो: मीना गुरुङ

कात्तिक २९,पोखरा

कास्की २ (२)मा एमालेको उम्मेदवार प्रदेशसभा सदस्य मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या,गुनासा हरु राम्रो संग सुन्नुभयको छ  धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण मानिसहरु नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन्  उमेद्ववार मिना गुरुङ ले भन्नु भयो ।

आज मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका  समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञहरुको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रामा अघि बढने योजनामा भयको बताउनुभयो उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको उहाले बताउनु भयो  । सुन्दर भूगोल र प्रकृतिक रुपमा मनोरम  रहेको यो क्षेत्र चाडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उल्लेख गर्नु भयो । एमाले को तर्फ बाट उमेदवार बन्नुभयका  मिना गुरुङ भन्नुहुन्छ  ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं , सम्भावना खोज्छौं । त्यसैले जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ ।’

कुरा बिकासको हो, कुरा सम्ब्रिदी को हो अनि कुरा निकासको हो कसैले नराम्रो सोच्न पर्दैन हामी काम गर्छौ त्यो पनि बिस्वासका साथ् गर्छौ जनताको लागि गर्छौ  नेकपा एमाले भनेको जनताको पार्टी हो बुढाबुढी को पार्टी हो अपांग को पार्टी हो। घरघरमा खानेपानी को धारा, उज्यालो नेपालको नारा ,हजारौ स्वास्थ्य चौकी स्थापना, जस्ता महत्वपूर्ण काम गर्दै  गण्डकी र संघ सरकार हुँदा सबै स्थान मा जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु  गर्ने एमाले हो भन्नुभयो  । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’ पार्टीले मुखपत्रका रुपमा अगाडी सारेका विकासका प्रतिवद्धता योजना र नीतिहरुका आधारमा कार्यक्रम र विकास हुदैजाने  विचार  राख्नु भएको  थियो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: