‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई

कार्तिक २९,पोखरा

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रम मा पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो भयको र मुलुक को दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले बताउनु भयो ।

झुप्रांगकोट मुलाछारनी र गर्लांग मा भयको छुट्टाछुट्टै कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आउनुभयका  उमेद्उवार बिद्या भट्टराई अधिकारीले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरण र पर्यटनतर्फ को बिकासमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने बताउनु भयो  ।जनतालाई रुवाएर होईन विकासले जनता को मुहारमा  खुशीयाली ल्याउनु पर्ने आवश्यकता औल्याउँदै सवैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।
कास्की को क्षेत्र  नं. २ को  (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा. छममाया पुनको पनि सहभागिता  थियो ।
कास्की ,पोखरा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार  घार्मी, कुरेचौर, हर्पाख , हरिपाउ, गर्लांग , अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न गरेको हो । स्मरणीय छ  पोखरा १६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८४२ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: