Worldlink Communications

छिनडाँडामा अवस्थित ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फाल्न पूर्ण निषेध

पुष ४,पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको छिनडाँडामा अवस्थित ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फाल्न पूर्ण निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ ।पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ ।

महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् ।जनवरी १ बाट जसरी पनि अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो।

हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्याण्ड फिल्ड साइड छोप्न सुरु गरिएको छ । दिघएकालीन समयको लागि सम्भावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो ।त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दिर्घकालीन रुपमा ल्याण्ड फिल्ड साइडको खोजी गर्ने छ ।

समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्प हरूमा अध्ययन गर्ने छ ।विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको बताइएको छ ।

पोखरा महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरण सहित सहयोगका लागि आम नगरवासी सहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: