Worldlink Communications

युनाईटेड क्लब पोखराद्वारा एघारौ पोखरा महोत्सव २०७९ को आयोजना

पौष ६, पोखरा

सामाजिक सेवामा समर्पित र सामाजिक मनोभाव भएका व्याक्तिहरु को समूहलाई समेटदै यस सुन्दर नगरी पोखरामा स्थापना भएको युनाईटेड क्लब पोखराले “युवाको जागर राष्ट्र निर्माणको आधार” बन्ने मुल नारालाई अङ्गीकार गर्दै क्लबले  यहि पौष २७ गते देखि माघ महिनाको ९ गते सम्म पोखरा को अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव गर्ने भएको छ।

क्लवले आफ्नो उद्देश्य परिपुर्ती गर्नका लागी स्थापना कालदेखि नै पोखरा महोत्सव को आयोजना गर्दै आएको यस क्लबले यो वर्ष पनि एघारौ संस्करणको पोखरा महोत्सव २०७८ यही पौष २७ गते देखि माघ ९ गते सम्म आयोजना हुने सबै को लागि जानकारी गराएको थियो।

महोत्सवको आम्दानीबाट युनाइटेड क्लव पोखराले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागी १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरी शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भनी शिक्षालाई सहजीकरण गर्दै अगाडी बढिरहका छ। त्यसैगरी आर्थिक अभाव भई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ शिविर राखी जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने कार्यक्रमहरु गरेको आयोजक ले बताउनुभयो।

देशको कर्णधार युवाहरुलाई कुलतमा फस्नबाट रोकी खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागी क्लव आफैले विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गरेको राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगितामा प्रायोजक, प्रवर्द्धक तथा सहयोगी संस्थाको रुपमा रहि टेवा पुयाउदै आइरहेको यस सस्थाले पोखरा पर्यटकीय हिसाबले नेपालको प्रमुख गन्तव्य शहर हो पोखरामा अतिनै सम्भावना बोकेको र पर्यटकिय सहर हो ।

यस क्षेत्रलाई मध्यनजर गरी पोखरामा मानव निर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्छ भन्ने अवधारणा अघि बढाउदै पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा तत्कालिन नेपाल सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारी ज्यू बाट २०७२ साल साउन १५ गते सिलान्यास भई पशुपछी उद्दार केन्द्र हुदै अहिले चिडियाखाना गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला डिभिजन वन कार्यलय मार्फत निमार्णको कार्य अगाडी बढीरहेको हुदा यो महोत्सव बाट पर्यटन प्रर्वद्धन को लागी पोखराको विच भाग बाट बग्ने सेती नदीको खोचलाई साहासिक पर्यटकिय स्थान बनाउने पहल कदमी लिइने छ, चिडियाखाना निर्माणको लागी पोखरा महोत्सवको अयोजना गरी हाल सम्म ५८ ला ८५ हजार नगद प्रदान गरिसकेका छौ र प्रत्येक महोत्सवमा प्रति टिकट रु रुपैया छुटाई सेती नदी संरक्षणको अभियान अगाडी बढाईएको  र यो वर्ष देखी महोत्सवबाट बचत भएको रकम लेखनाथको अर्चलेमा आवासिय छात्रवास पनि बनाउने योजना रहेको बताउनुभयको थियो।

११औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्ड्रस्टीज प्रा.ली.को (Better Home Appliances) प्रयोजकमा रारा तयारी चाउचाउ, (कर्न्सट प्रयोजक) United Youth Circle U.S.A. याकोहामा जापानिज ल्याइयज एण्ड ट्रेनिङ कन्सलटेन्सी, स्काई लिन टेक्नोलोजी, हिमल्याड फनपार्क, सि.जी. हाडवर्यस, अफिसियल बैंक ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानी एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेट worldlink communication pvt.ltd., -अफिसियल इन्सुरेन्स नेपाल बोर्ड (NTE) विशेष मह पोखरा महानगरपालिका सहयोगी मा.. CC ए.बि.सी.यूजीन राष्ट्रिय दैनीक एरेस्ट एफ.एम 300 MHZ रहेको जानकारी गराइएको थियो।

atreen sure yएकल महिला विदेशी पर्यटककार सुरक्षा अनिवार्य निःशुल्क प्रवेश गराईने साथै पर्यटन य स्थानको जानकारी दिने उपकृषि तथा विशेष छुट प्रदान गरिएको छ । एधारो संस्करणको पोखरा महोत्सव-२०७९ संस्कृती प्रेमी उद्योग व्यवसायी, पर्यटन व्यवसायी समाजसेवी, बुद्धिजीवीहरु विद्यार्थी सर्वसाधारण नागरिक तथा हो, त्यसैले म महोत्सवलाई सभ्य र भव्य बनाउन सक्दो हरेक क्षेत्रबाट सक्दो सहयोग पुयाईदिनुहुन पनि तथा महोत्सव मुल आयोजक कमिटी ले हार्दिक अनुरोध गर्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: