Worldlink Communications

जिल्ला समन्वय कास्कीले नवनिर्वाचित साम्सदहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गर्यो 

पौष ८ , पोखरा

जिल्ला समन्वय समिती कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नबनिर्बाचित साम्सदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कास्की क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागिले राष्ट्रिय बिकासका लागि सबैको हातेमालो आबश्यक भएको भन्दै हरेक बिकासको सुरुवाति असल मनोभाब सहित को सहभागिता बाट मात्रै संभब हुने बताउनु भएको थियो।

प्रदेश सभा सदस्य प्रकाश बरालले निरन्तर बिकास नै जनअपेक्षा भएको हुँदा आफुहरू नीति निर्माण सङ्गै बिकासमा लागि पर्ने बताउनु भयो । त्यस्तै प्रदेश सभा सदस्य सरस्वती गुरुङले बिकासको युग अब हुने र त्यसैमा केन्द्रित हुनुुपछ भन्नुभयो ।

जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले बिकासका निम्ति प्रभाबकारी समन्वयका लागि परिचात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो। पौडेलले प्रदेशले स्पष्ट केही कानुन नबनाएको हुदा अनुगमन र समन्वय प्रभावित भएको भन्दै नबनिर्बाचित साम्सदहरुलाइ ध्यानाकर्षण गराउदै सो का लागि यथासक्य पहल गरिदिन आग्रह गर्नुभयको थियो । स्थानिय ,प्रदेश र केन्द्रिय सरकारका बिकासका काममा अनुगमन र समन्वयका लागि जिल्ला समन्वय समिती हरहमेसा तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य देबका पहारी त्रिपाठी ,नन्दकला दमै ,राजकुमारी भुजेल , जिल्ला बिकास समिति कास्किका पूर्ब सभापति पुण्य पौडेल ,जिल्ला समन्वय समिती कास्किका निबर्तमान प्रमुख बैन बहादुर अधिकारी क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त दिनुभएको थियो।

नबनिर्बाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूलाइ बधाई ज्ञापन सहित सम्मान गरिएको कार्यक्रममा स्वागत मन्ततव्य जि. स .स .सदस्य सीतादेबि बि .क. ले दिनुुभएको थियो भने  कार्यक्रम संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो। कार्यक्रम जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्: