Worldlink Communications

नेपाल फेरि कम्युनिस्टमय बन्दै अब हिडला त समृद्धिको बाटोमा

पौष१३,काठमाडौं

नेकपा एमाले का अध्यक्ष के पि ओलिको सहयोग मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार देखि प्रधानमन्त्रीको जिम्मेवारी तेस्रो पटक समाल्ने मौका पाउनुभए पछी नेपाल फेरि पनि कम्युनिस्टमय हुनेभएको छ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको शपथ गराउनुभयपछि उहाँले सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नु भएको थियो ।

तत्कालीन अवस्थामा अदालतको फैसाला अनुसार नेकपाको विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनु भएको थियो एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भइ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयको थियो। झण्डै दुईतिहाइको छुदाखादाको सरकार अपदस्त भै गैरकम्युनिस्ट सरकार बनेको थियो।

नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो ततपस्चात माओवादी र एकीकृत समाजवादी को समर्थनमा प्रधानमन्त्री शेर बहदुर देउवा बन्नुभयो र आमनिर्वाचनको परिणाम पछि गठबन्धनको पनि अर्को गठबन्धन मिलेर फेरि एकपटक नेपालमा कम्युनिष्टको सरकार बनेको छ अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार बनेको छ ।

२०७९ को आम निर्वाचनमा एमाले एक्लै र अन्य पाच दलले गठबन्धन एकताबद्ध गठबन्धन गर्दै चुनावमा अगाडी बढेको थियो । माओवादी र एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धन गरेर आमचुनाव लडेको भएपनि चुनाव पछि एमाले र माओवादीसहितका दलले मिलेर सरकार गठन भएको छ भने एकीकृत समाजवादी अहिले ‘पर्ख र हेर’ को अवस्थामा छ ।प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसले समर्थन नगरेपछि एकाएक एमाले र माओवादीको सरकार बनेको हो  ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई समर्थन गरी साना दललाई समेत मिलाएर १६९ सांसदको समर्थनमा प्रचण्ड सरकारको नेतृत्व गर्न सफल हुनुभएको हो। देशैभरि कम्युनिष्ट  सरकार बन्ने भएपछि नेपाली जनता भनी अब देशमा केही परिवर्तन हुन्छ भन्ने सोचिरहेका छन भने अर्कोतिर भने अब के हुने हो भनेर आकाशमा कालो बादल मडारिरहेको छ भन्ने हरु को कमि पनि छैन।

स्थानीय निर्वाचनमा कम्युनिस्ट पार्टीहरू एउटै गठबन्धनमा नहुँदा धेरै सिट नेपाली कांग्रेसले हात पारेको बुद्धिमता र राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशले पनि जनताले भनेजस्तो विकास गर्न नसक्ने आँकलन गरिएको भएपनि अहिलेको सरकारलाई चुनौतीसँगै सम्भावनाका चाँदीका घेराहरुले भनी नजिकबाट नियालिरहेको देखिन्छ भन्नेहरु को तर्क पनि त्यत्ति देखिन्छ जेसुकै होस स्थानीय चुनावबाट भरपुर फाइदा लिन सफल नेपाली कांग्रेसले सरकार बनाउने प्रबल सम्भावना हुँदाहुँदै पनि महत्वपूर्ण समयमा महत्वपूर्ण निर्णय गर्न नसकी केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ पूरा गर्नमा नेपाली कांग्रेस नेतृत्व चुक्दा भुइको टिप्न खोज्दा पोल्टाको पनि गुमाएको बिषयलाइ नेपाली कांग्रेस ले गम्भीर भएर लिनैपर्छ  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: