Worldlink Communications

नेपाल भूतपूर्व खेलाडीमन्च द्वारा १७ औ सफल पोखरा अन्तरास्ट्रिय म्याराथन-२०७९ को आयोजना

पौष १९ , पोखरा

पोखरा दौडन्छ भन्ने नाराका साथ वर्षौँदखि आफ्नो जीवन खेलाडीको रुपमा व्यतित गर्दै राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी पुराना खेलाडीहरु तथा राष्ट्रको खेलकुद  इतिहासमा विशिष्ट योगदान पुर्याउनु भएका खेल प्रेमीहरूको साझा संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आउँदो फागुन ६ गते शनिबार “सत्रौं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन -२०७९” लाई व्यवस्थित रुपमा सञ्चालन गर्ने भएको छ ।

कार्यक्रमलाई थपे सभ्य बनाउनको लागि २३ वटा उपसमितिहरु निर्माण गरिएको बताइएको छ भने यस म्याराथन कार्यक्रमले बिगत बर्षहरुमा जस्तै पोखरा का १७ वटालाइ आफ्नो  कार्यक्रम हुने स्थानहरू हुने बताइएको छ।

सफल पोखरा अन्तराष्ट्रिय म्याराथन अन्तर्गत आठवटा इभेन्टहरु एकैपटक एकै दिन हुनेछन् भने यस कार्यक्रममा खुला तर्फबाट ४२.१९५ कि.मि., महिला हाफ म्याराथनमा २१.०९७ कि.मि. , महिला/पुरुष १० कि.मि. दौड, विद्यालय स्तरीय छात्र/छात्रा ५ कि.मि. दौड महिला पुरुष ह्वीलचियर तथा दृष्टिविहीन दौडने हुनेछ छ भने संगै वर्षको एकदिन दौडनु पर्छ भन्ने सन्देश दिन “रन फर फन” समेत हुने जानकारी गराइएको थियो।

विगत वर्षहरुमा भन्दा अहिले पुरस्कार थप आकर्षक बनाइएको जानकारी गराइए अनुसार यस वर्षदेखि खुला तर्फ ४२.१९५ कि.मि. म्याराथनको लागि प्रथम: पुरस्कार ५ लाख दितिय: पुरस्कार ३ लाख पुर्याइएको र तृतीय: पुरस्कार २ लाख र चौथो अर्थात सान्त्वना: धावक लाई 30 हजार पुरस्कार राखिएको जानकारी गराइएको छ।

यसैगरी महिला हाफ म्याराथन २१.०९७ कि.मि. पुरुष तथा महिला, ५ कि.मि. छात्र/छात्रा, हुवि्ल चियर,तथा  तथा दृष्टिविहीन पुरस्कार राशीमा समेत वृद्धि गर्दै १७ औं संस्करणको पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ।

कार्यक्रमको प्रायोजक लछिमि गरु्प अन्तर्गत सुजल डेरी प्रा.लि.को उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको छ भने गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय पोखरामहा नगरपालिका, राष्ट्रिय खेलकुद परिषद गण्डकी, पोखरा म्याराथन को अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोख्रेली मंच युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक बैंकिङ पार्टनरको रुपमा रहनेछन् भने, स्पोर्टस् वयर एक्स-टेप, केल्मि , समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ ,नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स मा बि गैह्रापाटन पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर,बुमर्याङ रेस्टुरेन्ट, तमुधी यु के, साहरा युके ,गोकर्ण कार्की (बाराहि बेकरी) मुग्लान रेस्टुरेन्ट एण्ड बार,बगर भाइ खलक युकेका अध्यक्ष दिल राज गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनि पहारी पोखरा पर्यटन परिषद् लगायतले सहयोग गर्नेछन भने फिजियोथेरापी एसोसियसन एम्बुलेन्स चालक सन पखराका विभिन्न अस्पतालहरु रेडक्रस सोसाइटी कास्की  लगायतको सहयोगमा १७ औं शृंखला को तयारी सुरु गरेको जानकारी गराईएको  थियो ।

– प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: