Worldlink Communications

गण्डकी प्रदेश सभाको मुख्यमन्त्री खगराज अधिकारी

पौष २५ पोखरा

कास्की जिल्लाको बेगनासमा २०१८ साल चैत १३ गते बाबु शेष रमण उपाध्याय र आमा लिलादेवीको कोखबाट जन्मिनु भएको थियो ।

छरछिमेकका बुडा बा आमाको अनुसार खगराज अधिकारी सानै देखि बोलकड निडर स्वभावका हुनुहुन्थो र जहाँ उभिएर पनि आफ्नो इमान्दारिता सहितको उपस्थित समाजमा देखाइहाल्नु पर्ने स्वभावका भइकिन समाजिक सुझबुझ सहित समानताको वकालत गर्ने अन्याय को बिरुद्ध लड्न खोज्ने भनेर चिनिने अधिकारी आज गण्डकी प्रदेश को मुख्य मन्त्रीमा नियुक्त भइ शपथग्रहण लिई पदभार ग्रहण गर्नुभएको छ ।

ढिलो गरि स्कुले जिवनमा प्रवेश गर्नुभएको अधिकारी २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूको कास्की जिल्ला अध्यक्ष हुनु भएका अधिकारी उच्च अध्ययनका पढन को लागि काठमाडौं गए पनि कास्की नै फर्किएर पोखराको पृथ्वी नारायण पि.एन क्याम्पसमा विज्ञान क्याम्पस पढ्नु भएको, २०३७ सालमा पिएन क्याम्पसमा स्ववियू सदस्य हुनुभएको  अधिकारी २०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य हुनुभयो। २०४० सालमा पहिलो पटक स्ववियू सभापति हुदै गर्दा कम्युनिष्ट पार्टी र संगठनको लागि काम गरेको भन्दै उहाँ लाई प्रशासनले पक्राउ गरेको थियो।

२०४६ सालको जनआन्दोलनमा नेपालका बिभिन्न स्थानमा जेलजीवन बिताउने क्रममा कास्की, दमौली लगायतका जिल्लाका जेल चलान गर्दै गर्दा अधिकारी २०४७ सालमा गठन भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य हुनुभयको थियो । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य हुनु भएका अधिकारी २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा विजयी हुनु भएको थियो ।

२०५४ सालमा सचेतकको जिम्मेवारी पाएका अधिकारीले २०५१ मा सांसद् भएपछि कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेको,निरन्तर  समृद्ध नेपाल र सुखि नेपाली नागरिक निर्माण गर्ने महत्वपूर्ण अवसर को खोजिमा लागिरहेका अधिकारीले २०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न भएको देखेर तत्कालीन प्रसासनले उहाँलाई पक्राउ गरि  जेल  राखेको थियो ।

२०७० साल चैत १३ गतेदेखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री २०६५ सालमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएपछि पार्टीले गण्डकी इन्चार्ज, संगठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।२०७३ सालमा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो।

२०७४ सालमा भएको आमनिर्वाचनमा कास्की १ बाट विजयी भएका अधिकारी २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त हुनुभएको,२०७८ साल मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी नेकपा एमालेको स्थायी कमिटी सदस्य हुदै संगठन बिभाग को प्रमुख को जिम्मेवारी भूमिकामा अहिले पनि  हुनुहुन्छ।

जिबनको आरोहअबरोह पार गर्दै २०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको अधिकारी आज समृद्ध नेपाल सुखी नेपाली बनाउने महान जिम्मा लिँदै २०७९ पुष २५ गते गण्डकी प्रदेश सभाको मुख्यमन्त्री पदमा नियुक्ती भएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: