Worldlink Communications

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न-गन्थन डटकमका समाचार प्रमुख राजु गिरी सम्मानीत

 

पौष २६ ,पोखरा

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएको छ । त्यस्तै महासंघको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएको छ।

कार्यसमिति को  सदस्य हरु मा मा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएको छ ।यस अगाडि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखारदै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताउनुभयको थियो   । पुस्तक सभ्य समाजको शुरुवातदेखि अन्त्यसम्म रहने ज्ञानको भण्डार भएको उहाको भनाई थियो । साथै पुस्तक तथा स्टेशनरी व्यवसाय त्यती सहज नभएको गण्डकी प्रदेश प्रमुख गुरुङले बताउनु भयको थियो ।

साधारण सभाका सभाध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले पुस्तक तथा स्टेशनरी व्यवसायलाई जोगाउदै कसरी अगाडी बढाउने भन्ने विषयमा  केन्द्रीत रहेर अगाडी बढेको आफ्नो कार्यकालको अनुभव सुनाउनु भयको थियो  । साथै सबैको महत्वपूर्ण भुमिकाले गर्दा आफ्नो कार्यकाल सफल भएको र साथ दिने सबैलाई धन्यवाद दिनुभयको  थियो  ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा वर्षेनी गर्दै आएको उत्कृट तीन व्यवसायीलाई सम्मान गरिएको थियो । साथै यस वर्षबाट कास्कीमा क्रियाशिल पत्रकारिता गर्दै आएका एक जना पत्रकारलाई दोसल्ला, नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित उत्कृष्ट तीन व्यवसायीमा महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी, व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारीलाई सम्मान गरिएको थियो भने क्रियाशिल पत्रकारकोरुपमा गन्थन डटकमका समाचार प्रमुख राजु गिरीलाई सम्मान गरिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्: