Worldlink Communications

प्रतिनिधि सभाको निर्वाचनबाट सभामुख देबराज घिमिरे निर्बाचित

माघ ५, काठमाडौं

आज भएको प्रतिनिधिसभाको सभामुख निर्वाचनमा देबराज घिमिरे बिजय हुनुभएको छ। सभामा २६८ ससद उपस्थित हुनुहुन्थ्यो जसमा देबराज घिमिरेले १६७ मत ल्याएर विजयी हुनुभएको छ। १०० मत पाएर उपविजेता इस्वरि देवि न्यौपानेले बन्नुभयो ।तटस्थमा १ मत परेको थियो।

नेपाली कम्युनिस्ट आन्दोलनको एक अथक योद्धा नेकपा (एमाले) भित्र कुशल संगठकको छवि बनाउनुभएका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन हुनुभएको छ । पाँच दशक देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त भएको छ ।

पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनदेखि निरन्तररुपमा विभिन्न काल खण्डमा (एमाले)भित्र जबज र पार्टी नेता केपी शर्मा ओलीलाई साथ दिँदै आउनुभएको घिमिरे झापा बिर्तामोड निवासी ६६ वर्षीय घिमिरे पार्टीभित्र इमानदार र निष्ठावान् नेताका रुपमा चिनिनुहुन्छ । करिब ३० वर्षदेखि उहाँ ओलीको साथमा हुनुहुन्छ । ओलीको हरेक दु:ख र अफ्ठ्यारामा उहाँले बिना कुनै सर्त साथ दिदै सहयोग गर्नुभएको उहाँलाई सभामुख बनाएर पार्टी अध्यक्षले ठूलो सम्मान गर्नु भएको बुझिन्छ ।

२०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिनुभएका र विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा गाउँगाउँ पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय वहाँले २०३५ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेसन कमिटी-माले (कोके)मार्फत् नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको हो।२०१३ साल जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिनुभएका घिमिरे ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(माले)बाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरिसक्नुभएको छ भने २०३९ सालदेखि इलाम जिल्ला कमिटीको पार्टी प्रमुखको जिम्मेवारी सम्हालेर संगठन निर्माणमा इलाम जिल्लामा मात्रै १० वर्ष समय बिताउनुभएको थियोे ।

तत्कालीन अवस्थामा वहाँविरुद्ध पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी समेत भएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएको वहाँले १२ वर्ष भूमिगत जीवन विताउने क्रममा पटकपटक हिरासतमा समेत रहनुभयो । पार्टीभित्र वहाँलाई कम बोल्ने, जिम्मेवारीमा निरन्तर लागिरहने र प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने नेताका रुपमा धेरैले चिन्ने देवराज घिमिरे  आज सभामुख  हुनुभएको छ।

वहाँ २०४६ भदौमा सिरहामा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनुहुन्थ्यो,२०४९ मा सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०५० सालदेखि साबिकको मेची अञ्चल इन्चार्ज हुदा तत्कालीन मेची अञ्चलका चार जिल्ला झापा, इलाम,पाँचथर र ताप्लेजुङमा संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए । उक्त चुनावपछि पूर्वमा ‘मेची अञ्चलका चारै जिल्ला, लालकिल्ला’ भन्ने नारा नै स्थापित हुन पुगेको थियो ।

२०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभवको पहिलो यात्रा थियो । २०५८ मा पार्टीको केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभाग,इन्जिनियरिङ विभाग सहित जनवर्गीय संगठनहरु युवा संघ नेपाल,नेपाल राष्ट्रिय शिक्षक संगठन,प्रगतिशील प्राध्यापक संगठन लगायतका संगठनको इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।

नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत वहाँलाइ थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भइ नेकपा गठन भएपछि वहाँलाई प्रदेश नं.१ को अध्यक्ष हुनुभएको थियोे । अहिले नेकपा (एमाले)को दसौं महाधिवेशनबाट वहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा हुनुहुन्छ।

२०७९ मंसिर ४ को आम निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्वसहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गर्दै वहाँ पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।वहाँलाई यो समयमा सम्माननिय सभामुख भइरहदा अवसर र चुनौती दुवै छन र वहाँले यो अवसर र चुनौतीलाई ठिक ढंगले सदुपयोग गरेर नेपाली राजनीतिमा यि कार्य सम्पन्न गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु पर्ने जिम्मेवारी मा कति खरो उत्रिनु हुन्छ हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्: