Worldlink Communications

गण्डकी प्रदेशको मन्त्रि परिषदले पूर्णता पायो

माघ १०, पोखरा

गण्डकी प्रदेशको मन्त्रि परिषदले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज अधिकारी सहित एमालेका ४, माओवादीका २ र राप्रपाका १ गरी ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ।

निर्वाचन पस्चात गण्डकी प्रदेश को नया सरकारमा एमाले बाट मुख्यमन्त्री अधिकारी सहित मन्त्री सीता सुन्दास माओवादी बाट मन्त्री हरिबहादुर चुमान र राप्रपाबाट मन्त्री पञ्चराम गुरुङले शपथ लिनुभएको थियो ।

आज मुख्यमन्त्री खगराज अधिकारीले एमालेका वेद बहादुर गुरुङ, रोशन गाहामगर तथा माओवादीबाट रेशम जुग्जाली लाई विभिन्न मन्त्री पदमा नियुक्त गर्नुभइ मन्त्री मण्डललाइ पूर्णता दिनुभएको हो।

बिगतमा कृष्ण चन्द्र पोखरेल को सरकारले प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएको थियो भने मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर ७ मा झारेर उदाहरणीय काम गर्नु भएको  छ।

मुख्य मन्त्री तथा मन्त्री परिसद खगराज को नेतृत्व मा बनेको मन्त्री मण्डलमा हरि बहादुर चुमान भौतिक पुर्बाधार बिकास तथायातायात ब्यबस्था मन्त्रालय ,पन्चाराम गुरुङ सामाजिक बिकास तथा स्वास्थ मन्त्रालय ,सीता सुन्दास आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।

यस्तैगरि बेद बहादुर गुरुङ कृषि उर्जा तथा जलश्रोत मन्त्रालय , रोशन गाहा मगर आर्थिक मामिला तथा योजना मन्त्रालय, रेशम जुग्जालीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: