Worldlink Communications

महिलाहरूका लागी नेतृत्व बिकास तथा अभिमुखीकरण तालिम सम्पन्न 

माघ २०, पोखरा

महिलाहरुका लागि नेतृत्व विकास तथा अभिमुखीकरण सम्बन्धि पाचदिने कार्यक्रम हिजो समापन भएको थियो। तारा परियारको अध्यक्षता मा भएको सो कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका को उपमेयर मन्जु देवी गुरुङको आथित्यतामा मा भएको थियो।

बिशेष अतिथि वडाअध्यक्ष पुष्पेन्द्र पान्डे हुनुहुन्थ्यो भने अतिथिहरु पोखरा महानगरपालिका वडा नम्बर १९ का जनप्रतिनिधि हरु क्रमश: बिकास कुमार आचार्य, दुर्गा देबी बस्नेत ,कल्पना सुनार ,बिष्णु गौतम ,सबिनजिसी ,श्रीराम पौडेल बिष्णु बास्तोला लगायत को उपस्थितिमा भएको थियो।

प्रमुख अतिथिको आसनबाट मंजू देवी गुरुङले महिलाहरु चुलोचौको मा मात्र सीमत नभई अब समाजसेवामा पनि अगाडि बढ्नुपर्ने बताउनुभएको थियो। त्यसैको लागि गरिएका महिला अधिकारका कार्यक्रमहरुबाट तपाईहरुले धेरै शिक्षा लिनुभएको हुनुपर्छ भन्ने विश्वास गरेको छु भन्दै आगामी दिनमा महिला अधिकारका बारेमा तपाईंहरु आफै बोल्नु पर्छ भन्नुभयो।

वडा न.१९ बाट ३८ वटा सक्रिय आमा समुहका दुई/दुई जना को सहभागिता मा करिब ८० जना महिला दिदि बहिनिहरुका लागी पाच दिन सम्म सहभागी हरुलाइ  फरक फरक दुई ठाऊमा राखेर महिला नेतृत्वको विकास महिला पछि पर्नुका कारणहरु यावत महिला अधिकारका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको अन्तिम दिन भव्य र सभ्य बनाउनको लागि कार्यक्रम हेमााया तमााङले संचालन गर्नुभएको थियो भने कार्यक्रमको शोभा बढाउन आउनु भएका सम्पूर्ण आमा दिदीबहनीहरूको स्वागतको लागि स्वागत मन्तब्य सन्तु राम्जाली राख्नु भएको थियो।

पोखरा महानगरपालिका वडा नं १९ को सहयोगमा वडा स्तरीय महिला समुहको सहभागिता मा भएको सो आयोजनामा प्रशिक्षक पत्रकार /अधिवक्ता तथा सामाजिक अभियान्ता शुस्मा पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले प्रशिक्षण सहित सहजिकरण गर्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: