Worldlink Communications

सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी

माघ २८,पोखरा

पोखरा लेकसाईडमा अवस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । लेकसाईड हल्लनचोकस्थित सेलवेज टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भइ  आगलागी भएको अनुमान गरिएको छ।

त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब डेढ घण्टा अगाडिदेखि आगलागी भएको हो ।

आगलागीका कारण सेलबेजको सेल्स शाखाको सबै भाग जलेर नष्ट भएको छ । अहिले वारुणयन्त्रसहित प्रहरी र स्थानीयबासीहरु सबै मिलेर आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको पनि बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्: