Worldlink Communications

बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको ब्यबस्थापन समितिको अध्यक्ष: एकराज ढुड्गाना

माघ २, पोखरा

हिजो सम्पन्न श्री बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको बिघ्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि  एकराज ढुड्गाना चयन हुनुभएको छ।

विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया को कार्यक्रम नगर शिक्षा शाखाको शिक्षा अधिकृत जिबन प्रसाद रेग्मीको अध्यक्षतामा गरिएको थियो भने बिषेश उपस्थिति मा पोखरा महानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष पुस्पेन्द्र पाण्डे र विद्यालय को तर्फबाट प्रधानध्यापक श्रीराम आचार्य सहित करिब दुईसय अविभावक हरुको उपस्थितिमा भएको सो कार्यक्रमलाई विद्यालयका शिक्षक शिव प्रसाद पौडेलले भव्य र सभ्य रुपले सन्चालन गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको बिघ्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको एकराज ढुड्गाना सहित सम्पूर्ण कार्य समिति सर्वसम्मत निर्वचित हुनुभएको शिक्षा शाखाको शिक्षा अधिकृत जिबन प्रसाद रेग्मीले बताउनुभयो।

सदस्यहरुमा क्रमश सृजना आचार्य , दिपेन्द् ढुड्गाना , कृष्ण थापा , केशव केसी र प्रेम भुजेल रहनु भयको छ।  शिब बहादुर केसीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको बिधालयका प्रधानध्यापक श्रीराम आचार्यले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राधपक श्रीराम आचार्यले राख्न भएको थियो भने मन्तव्यको पोखरा महानगरपालिका वडा न.१९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे ले सुभकामना दिनुभएको थियो। बिधालयका कार्यबाहक अध्यक्ष एकराज ढुड्गाना , सकर ढुड्गाना , विष्णु गौतम लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: