Worldlink Communications

साम्सद भट्टराईद्वारा मुग्लिङ पोखरा सडकको बारेमा संसदको ध्यानाकर्षण 

फाल्गुन ३ ,काठमाडौं

कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको छ।

साम्सद भट्टराईले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै साम्सद भट्टराईले सो सडक खण्डको करिब ९३ कि. मि . सडक एसियाली बिकास बैंकको ऋणसहयोगमा चार लेनमा स्तरोन्नति गर्न बि स २०७८ मा सम्झौता भएर २०८१ मा निर्माण सम्पन्न हुनु पर्नेमा हल सम्म जम्मा पाँच प्रतिशत मात्रै काम सम्पन्न भएको उल्लेख गर्नुभयो ।

भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलिका पोल र खानेपानी बिस्तारको काम मुख्य अबरोधको रूपमा रहेको जसका कारण कोत्रे – पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताको बिषय भएको उल्लेख गर्नुभयो।

सडक निर्माणको कार्य प्रगति संतोषजनक नभएको तथा लाखौं यात्रुहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको र प्रत्यक्ष जीवनसंग जोडिएको उक्त सडक समयमा सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकारको संसद मार्फत ध्यानाकर्षण गराउछु भट्टराईले आफ्नो सम्बोधन क्रममा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्: