Worldlink Communications

पत्रकार केशव पाठक लाइ मातृशोक

फागुन ५, पोखरा

प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै  घरमा बिहीबार दिउँसो निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा निवासी स्व. आमाको पछिल्लो समय रक्तचाप, मधुमेह लगायत रोगबाट प्रभावित भइ उपचार  भैरहेको थियो । सल्लाहकार पाठकलाई मातृशोक परेकोमा प्रेस चौतारी कास्कीले हार्दिक समवेदना प्रकट गरेको छ ।

चौतारीका सचिव रञ्जन अधिकारीले शोक विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै, मातृशोकमा रहनुभएका सल्लाहकार पाठकसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: