Top Header Ad 1

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने

परिबर्तन न्युज
५ फाल्गुन २०७९ बजे
परिबर्तन न्युज
५ फाल्गुन २०७९

फागुन ५,काठमाडौँ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औ केन्द्रीय महाधिवेशन बाट अध्यक्ष समिक बडाल निर्वाचित हुनुभएको छ ।

अनेरास्ववियुका निवर्तमान महासचिव २३ औ राष्ट्रिय अधिवेशन बाट अध्यक्ष बनि रहदा उहाका प्रत्यासि आरसी लामिछाने उपविजेता बन्नुभएको छ।राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा १५१७ जनाले भाग लिनुभएको थियो।

Advertisement:Ad

मतदान बाट उपाध्यक्षमा नारायण घर्ती ,गोबिन्द गिरि, धर्म गिरि र  मर्यादा विष्ट विजयी हुनुभएको छ भने नरेश रोकाया महासचिव निर्वाचित भएको छ।त्यस्तै गरि सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले विजयी हुनुभएको भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज