Worldlink Communications

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने

फागुन ५,काठमाडौँ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औ केन्द्रीय महाधिवेशन बाट अध्यक्ष समिक बडाल निर्वाचित हुनुभएको छ ।

अनेरास्ववियुका निवर्तमान महासचिव २३ औ राष्ट्रिय अधिवेशन बाट अध्यक्ष बनि रहदा उहाका प्रत्यासि आरसी लामिछाने उपविजेता बन्नुभएको छ।राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा १५१७ जनाले भाग लिनुभएको थियो।

मतदान बाट उपाध्यक्षमा नारायण घर्ती ,गोबिन्द गिरि, धर्म गिरि र  मर्यादा विष्ट विजयी हुनुभएको छ भने नरेश रोकाया महासचिव निर्वाचित भएको छ।त्यस्तै गरि सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले विजयी हुनुभएको भएको छ।

प्रतिक्रिया दिनुहोस्: