Worldlink Communications

एकल महिला समूह पोखरा-१६ को पाचौं साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न अध्यक्ष: दुर्गा थापा

फागुन १३, पोखरा

एकल महिला प्रतिको भेदभाव पुर्ण ब्यवहार हटाइ भेदभाव रहित समाजको निर्माण गरौं भन्ने भावनाका साथ मानव अधिकारको लागि महिला एकल महिला समूह पोखरा-१६, बाटुलेचौर कास्कीको पाँचौं साधारण सभा एवं तेस्रो अधिवेशन बाट फेरि पनि दुर्गा थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको छ।

पोखरामा नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत तिमिल्सिनाको प्रमुख आथित्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा भएको थियो भने मिडिया पार्टनर को रुपमा एभरेष्ट एफएम का सन्चालक दिपेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा भएको कार्यक्रमलाई भव्य र सभ्य रुपले एकल महिला समूहका सदस्य कोपिला खतिवडा क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

करिब दुई सय जना आमा तथा दिदीबहिनीहरूको उपस्थितिमा भएको अधिवेशनबाट अध्यक्ष दुर्गा थापा लगायत सम्पूर्ण समिति सर्वसम्वत  बनेको छ।

सर्वसम्मत रुपमा अध्यक्ष: दुर्गा थापा, उपाध्यक्ष: अन्जना अधिकारी, सचिव: जमुना थापा ,कोषाध्यक्ष: मिया राणा, सदस्यसचिव: कोपिला खतिवडा क्षेत्री र सदस्यहरु मा क्रमशः पन्चलि काफ्ले, गीता खड्का ,कमला गायक ,नितु थापा, राममाया रावत ,शारदा तिम्सिना ,बालकुमारी अधिकारी र लक्ष्मी शर्मा  सहित १३ सदस्यीय कमिटी गठन गरिएको छ।

हाम्रो लागि पनि कोही छ भन्नका लागि र  ब्यबहार मै देखाउनको लागि आजको कार्यक्रममा १४ जना एकल आमा तथा दिदीबहिनी हरूको लागि जनहि नगद रु. ५०००/- र प्रमाण पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: