Worldlink Communications

सूर्योदय अंग्रेजी बोर्डिङ स्कुलले ३८ औं वर्षगाँठ भव्य र सभ्य रुपले मनायो

फागुन १३, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १६, दिपमा रहेको सूर्योदय अंग्रेजी बोर्डिङ स्कुल ले आज आफ्नो ३८ औं वर्षगाँठ भव्य र सभ्य रुपले मनायो।

निजी स्कुलहरूको माझमा सुर्योदय अंग्रेजी बोर्डिङ स्कुल ले नैतिक बान, चरित्रवान ,अनुसासित र लगनशील विद्यार्थी निर्माणको दुनिया मा  आफूलाई अब्बल सावित गर्दै अगाडि बढिरहेको आजको कार्यक्रम बाट प्रष्टै देख्न सकिन्छ। करिब पाँच सय विद्यार्थी भएको स्कुलमा पैंतीस जनाको हाराहारीमा शिक्षक कर्मचारीहरु कार्यरत हुनुहुन्छ।

सूर्योदय अंग्रेजी बोडिङ  स्कुल सुरुवाती अवस्थामा निकै अप्ठ्यारा बाधा र अड्चनहरु आएको सम्झनु भएका स्कुलका प्रिन्सिपल रुप बहादुर गुरुङले अझैपनि आफुले भनेजस्तो शैक्षिक रुपमा बिकास गर्न बाकि नै भएको हामीलाई बताउनुभयो।

वार्षिक कार्यक्रमको प्रमुख अथिति प्रदेश नम्बर एकका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम को अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर गुरुङ ले गर्नुभएको थियो। कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि शिक्षक रामप्रसाद सुवेदीले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

बिभिन्न व्यक्तित्वहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि विशिष्ट अतिथि लगायतलाइ माया को चिनो ले सम्मान गरिएको थियो भने विद्यालयको कक्षा स्तरमा प्रथम द्वितीय तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा कक्षा एल केहि देखि १० कक्षा सम्मका विद्यार्थी भाइ बहिनीहरुले विभिन्न किसिमका  तमाङ सेलो,राष्ट्रिय परिचय दिने  राष्ट्रिय गितहरू र बालगितहरुमा आफ्नो कला नृत्य प्रदर्शन गर्नु भएको थियो। शैक्षिक रुपमा कार्यक्रम स्थल झकिझकाउ र भव्य रुपले सजाइएको थियो।अभिभावकहरू को बाक्लो उपस्थिति मा सम्पन्न गरेको सूर्योदय बोर्डिङ स्कुल आफ्नो ३८औ बार्षिक कार्यक्रम लाइ पुरै शैक्षिकमय बनाएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: