Worldlink Communications

रविन्द्र अधिकारीको चौथो स्मृती सभाको सन्दर्भमा पर्यटन पत्रकार सम्मानित

फागुन १५ ,पोखरा

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको चौथो स्मृती सभा तथा सम्मान कार्यक्रम गरिएको छ । आज भन्दा चार वर्ष अघि आजकै दिन अर्थात फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी उनको ज्यान गएको थियो । रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा विभिन्न कार्यक्रमहरुआयोजना गरीएकोमा सोमबार स्व. अधिकारीको चौथो स्मृति सभा गरिएको हो ।

अधिकारीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिवंगत रवीन्द्र अधिकारीले गरेका काम सदा स्मरणयोग्य रहने बताउनुभयो । बिचार , सङठन र समाज परिवर्तका सम्बन्धमा सधै चिन्तित रहने साथै बहु आयामिक ब्यक्तित्व कमै पाइने बताउदै देश र पार्टीले कुशल ब्यक्तित्व गुमाएको बताउनुभयो । बिचारमा दुरदृस्ठि राख्ने ब्यक्ती रबिन्द्र भएको बताउदै रबिन्द्रले पुुरागर्न  नसकेका राम्रा र अपुरा कामलाई पूरा गर्ने जिम्मा हाम्रो हो भन्नुभयो  भने, ‘चार बर्ष बितेछ अब हामीले दुखबाट उठ्दै, जाग्दै उहाका राम्रा र अपुरा काम अठोटका साथ पूरा गर्ने जिम्मेवारी आएको छ भन्नुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले रविन्द्र जनताका समस्या  गहिरो गरि पढेर काम गर्ने दुरदर्शी नेता जनताको लोकप्रीय हुनुहुन्थ्यो भन्नुभयको  थियो। उहाले भन्नुभयो ‘रबिन्द्रले गरेका महत्वपुर्ण कामहरुले रबिन्द्र हामी सबैको स्मरणमा सधैं सधैं जनजनमा रहिरहनु भएको छ ’ भन्नुभयो ।

प्रतिस्ठानका सल्लहकार इ. भरतराज पहारीले रबिन्द्र सबैलाई आत्मियताको महसुस गराउने ब्यक्ती भएको बताउनुभएको थियो। भने रबिन्द्र ‘सुखमा पनि दुखको क्षणमा पनि सम्झिने ब्यक्ती हुनुहुन्छ ‘ भन्नुभयो ।

कार्यक्रममा रविन्द्रका बारेमा प्रजा प्रतिष्ठानका पूर्ब उपकुलपति डा. जगमान गुरुङले .मृत्यु एक प्रकृतिको अपरिहार्य नियम भएको र तितो सत्य सबैले स्विकार्नुको बिकल्प न भएको बताउनुभयो । को अगाडी जाने को पछाडी जानेमा मात्रै फरक भएको उनको भनाई छ । उहाले भन्नुभयो ‘रबिन्द्रले गरेका असल पक्षले समाज उनलाई सम्झिरहने छ । मृत्युले जिवनलाई जित्दा जिवनको पुर्णबिराम हुदो रहेछ । हामीले मृत्युलाई जितेका छौ र हामी जिवित छौ ।’

समानताको भावबाट जनताको सेवा गर्ने नेताको रुपमा आफुले रबिन्द्रलाई बुझेको उहाको भनाई छ । अहिले देशलाई सक्षम , नि स्वार्थ र राष्ट्रबादी नेताको खाचो रहेको बताउनुभयो। उहाले भन्नुभयो ‘रबिन्द्रलाई आदर्श ब्यक्ती मान्ने हामी सबैले उनको केही न केही आदर्श आफुले ग्रहन गर्नु पर्छ । अनि मात्रै देश समृद्ध बन्छ ।’

रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार.पत्रकार सुरज कुँवरलाई प्रदान गरिएको छ । प्रतिष्ठानले उनलाई ५० हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो । मुख्यमन्त्री अधिकारीले कुँवरलाई पुरस्कार प्रदान गर्नुभयको थियो । प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार पहिलोपल्ट कुँवरले प्राप्त गर्नु भएको हो । कान्तिपुर टेलिभिजन मा काम गर्दै आउनुभएका सुरज कुवँरले विगत एक दशकदेखि पर्यटनका विषयमा कलम चलाउँदै आउनु भएको छ ।

कार्यक्रम संचालन प्रतिष्ठानमा महासचिव एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा सचिव पुष्पज्योति ढुंगानाले स्वागत मनतब्य राख्नु भएको थियो ।प्रतिष्ठानकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराइले अधिकारीको स्मृतिमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने बताउनुभयको थियो ।

प्रतिक्रिया दिनुहोस्: