Worldlink Communications

प्रेस क्लब गण्डकीको प्रथम अधिवेशनबाट सर्वसम्मत एकराज गिरी अध्यक्ष

फागुन २०,पोखरा

प्रेस क्लब गण्डकीको शनिवार भएको प्रथम अधिवेशनबाट एकराज गिरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्ष राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी , कोषाध्यक्षमा राजु गिरी , सहसचिवमा दीपा भण्डारी पौडेल चयन भएको छ भने आशीष पुरी र संकल्प ढुंगाना समितिको सदस्य चुनिनु भएको छ।

कार्यक्रम का प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माननीयहरूलाई मिडिया र जनताले खेदेको खेदै गरेको बताउनुभयो ।प्रेस जगतले नै नेपाल र नेपालको सार्वभौमसत्तामाथि जानेर वा नजानेर आक्रमण गरिरहेको आरोप पनि लगाउनु भयो ।

पत्रकारहरुको पनि आफ्नो पेशागत इमान्दारिता, जिम्मेवारी हुनुपर्ने होलानि ! भन्दै घुमाउरो पाराले पत्रकार हरुबाट राष्ट्रिय स्वार्थलाई भन्दा अस्थिरतातर्फ उन्मुख गराउने काम भइरहेको छ भन्नुभयो। अस्थिरताले के गर्छ देशलाई बलियो बनाउँछ ? भन्दै प्रति प्रश्न गर्नुभयो यस्तो पत्रकारिता ले देशलाई बलियो बनाउँदैन! पत्रकार अब जिम्मेवार बन्न आग्रह गर्नु भयो।

प्रेस क्लब गण्डकी नागरीकको सुचनाको हक, पुर्ण प्रेस स्वतन्त्रता मानव अधिकार, लोकतन्त्र र विधीको शासनको सम्मान गर्दै स्वस्थय, स्वछ र स्वतन्त्र रुपमा यथार्थ तथा तथ्यपुरक सुचना प्रवाह गर्ने लोकतन्त्रको संस्थागत विकास र समुन्नत समाजको निर्माणमा योग्दान पुर्याउने उद्देश्यले राखिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: