Worldlink Communications

पोखरा महानगरपालिका वार्ड नं.१३ ले एक बर्षिय कार्यक्रम सार्वजनिक

जेठ १३, पोखरा

आज पोखरा महानगरपालिका वार्ड नम्बर १३ का जनप्रतिनिधिले पद भार गर्हण गरेको को एक वर्ष पुगेको सन्दर्भमा आफुहरुले  आज सम्म गरेको कामको चर्चापरिचर्चा गर्दै आगामी दिनमा धेरै भन्दा धेरै काम  के कसरी गर्न सकिन्छ भन्ने विषयमा एक वर्षेकार्य योजना तर्जुमा गरेको छ ।

नया जनप्रतिनिधि हरुको नेतृत्वको टिमले शनिबार आफ्नो बिगत १ भए गरेक कार्यक्रमको समिक्षा गर्दै सार्वजनिक गर्नु भएको हो ।वडा अध्यक्ष ले कार्यभार सम्हालेपछि युवालाई सीपमूलक कार्यक्रम, यस अन्तर्गत वडाले ७१ जनालाई कफी बनाउने वरिष्ताको तालिम दिएको ,यस्तै गरि एस ई ई दिएर बसेका विद्यार्थी को लागि कम्प्युटर तालिम, कपाल काट्ने तालिम दिइएको बताउनुभयो।

वडा अध्यक्ष ले विद्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको र वार्ड स्तरीय स्वास्थ सिविरमा ४०० जना महिलाको पाठेघर परिक्षण गरेको लगायत कृषि प्रदर्शनी मेला म सहयोग गर्दै  किसानहरुलाई अनुदान दिएको जानकारी गराउनु भएको थियो।

विगतको बर्षहरुमा जस्तो यो वर्ष नगरपालिकाले धेरै कर  बिबिध कारणले उठाउन नसकेको कारणले अहिलेको यो वर्ष  विकासमा अलिकति फरक वर्ष हुने जानकारी गराउनुभयो जसले गर्दा यो वर्ष विकासमा केही कमी आउने बिषय अगाडि नै भनेर जानकारी दिन चाहन्छु बन्नुभएको थियो ।

कार्यक्रम योजना तर्जुमा पनि गर्ने कार्यक्रम भएको हुनाले २०८०/ ८१  लागि कहाँ-कहाँ के-के आवश्यकता छन्  ति समस्याको वास्तविकता पत्ता लगाई ति आवश्यकताहरू लाइ पुरा गर्दै त्यसैको  आधारमा कार्यलाई पूरा गर्दै अगाडी बढ्दै गइने बताउनुभयो। बाकि चार वर्षमा आफूले जारी गरेको घोषणापत्रमा भएका कामहरु लाइ पुर्णता दिन हर सम्भव प्रयास गरिरहेको र यस्ता बिषहरुलाइ सुष्म तरिकाले सोच्दै घोषणापत्रमा भएका कामहरु कुरा गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: