Top Header Ad 1

एमाले पोखरा महानगर पालिका को ११ औ बैठक सम्पन्न

एमाले पोखरा महानगर पालिका को ११ औ बैठक सम्पन्न

परिबर्तन न्युज
६ असार २०८० बजे
परिबर्तन न्युज
६ असार २०८०

असार ६, पोखरा

नेकपाएमाले पोखरा महानगर कमीटीको ११ औ पुर्ण बैठक सम्पन्न भएको छ ।

Advertisement:Ad

नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता सम्पन्न बैठक कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।

कमिटी बैठकले कार्यकर्ताले पालना गर्नु पर्ने २२ बुदे आचारसम्हिता पास गरेको छ । त्यस्तै मदन भन्डारी जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल परीसर कम्तीमा २ वटा बिरुवा रोपण गर्नेभएको छ।

नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने लगायत असार १४ गते मदन जयन्तीको दीनमा विशेष कार्यक्रम सन्चालन गर्ने, विभागहरुलाई पुर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा , महानगर इन्चार्ज कृष्ण थापा, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज