Top Header Ad 1

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो

परिबर्तन न्युज
१७ भाद्र २०८३ बजे
परिबर्तन न्युज
१७ भाद्र २०८३

भदौ १७ , काठमाडौं

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ११ सदस्यीय दक्षिण कोरियाली विपद् राहत तथा उद्धार टोली बुधबार बिहान काठमाडौं आइपुगेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार टोलीले अत्याधुनिक खोज तथा उद्धार उपकरणसहित तालिमप्राप्त खोजी कुकुरहरू पनि नेपाल ल्याएको छ। टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरी बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा खटाइनेछ।

Advertisement:Ad

दक्षिण कोरियाली टोली नेपाली सेनासँग समन्वय गर्दै रसुवाको भोटेकोशी तथा आसपासका प्रभावित क्षेत्रमा खोज अभियानमा सहभागी हुनेछ। बाढीपछि सम्पर्कविहीन बनेका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी पनि टोलीको प्रमुख प्राथमिकतामा रहेको बताइएको छ।

बाढीले रसुवा क्षेत्रका सडक, पुल, जलविद्युत् आयोजना तथा बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेकाले नेपाल सरकारले विभिन्न देशबाट प्राविधिक सहयोग तथा विशेषज्ञ टोली परिचालन गरिरहेको छ।

प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिहरूको खोजी, उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिन दक्षिण कोरियाली टोलीको आगमनले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज