Worldlink Communications

क्षेत्रगत योजनाहरुको अनुगमनलाई तिब्रता दिदै माननिय गणेशमान गुरुङ

असार ८, पोखरा

कास्की जिल्ला निर्वाचन क्षेत्र न ३(१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननीय गणेशमान गुरुङले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाहरुको अनुगमनलाई तिब्रता दिनुभएको छ।

प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा बिनियोजन भएको बजेट निर्बाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत प्राप्त रकम रु २ करोड को योजनाहरुको  माननीय गणेश गुरुङ र समानुपातिक सांसद राजकुमारी भुजेल सहितको टिमले अनुगमन गर्नुभएको छ।

स्थलगत रिपोर्ट गर्ने क्रममा पोखरा महानगरपालिका -१९ पुरुन्चौर मा निर्माण हुँदै गरेको जन जागृत बहुउद्देश्यीय सामुदायिक भवन रु २१ लाख , माछापुच्छ्रे गाउँपालिका वडा न २ सार्दिखोलाको प्रहरी चौकी कोट कसेरि सडक रु १० लाख, माछापुच्छ्रे गाउँपालिका वडा न १र३ को पाङ्दुङ डाडा सडक रु २० लाख, माछापुच्छ्रे गाउँपालिका वडा न ४ को नेपाली चोक, नुवार थर कालिखोल्सा सडक रु १० लाख, निष्पक्ष मा बि,कुइबाङ,खोरामुख पुरानो बजार ,बडहरे-हडौले सडक रु ५० लाख मध्य रिभान खहरे खोला पुल वरिपरि ग्याबिन( जाली) भर्ने र बस्ती नजिक रहेको कुलोमा ह्युमपाईप राख्ने काम, कुईबाङ गाउँ भन्दा मुनिको घुम्तीमा जाली भर्ने र ढलान गर्ने कार्य, खोरामुख पुरानो बजार कल्भट निर्माण तथा बाटो ढलान, बडहरे- हडौले सडक को घुम्ती ढलान, जाली भर्ने , रिटेर्निङ वाल र ग्राबेल भएको सडक अनुगमन गर्नुभएको हो।

स्थानीय उपभोक्ता, जन प्रतिनिधि र नेता सहित अनुगमनमा पुगेका गुरुङले गुणस्तरमा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमा काम सम्पन्न गर्न उपभोक्ता समिति र सरोकारवालाहरूलाइ निर्देशन दिनुभएको थियो।

निर्वाचन क्षेत्र भित्र पर्ने १५ वटा वडा भित्रका माछापुच्छ्रे -७ को पोखरी डाडामा बाटो ढलान कार्य रु १० लाख , पोखरा २५ हेम्जाको जैसिचौर खेलमैदान जाने सडक रु २१ लाख,पोखरा -१८ सराङ्कोट टप पार्किङ स्थल निर्माण रु २२ लाख, पोखरा -१ कसेरी – गैरिगाउ- सान्तीटोल खानेपानी योजना रु २५ लाख र पोखरा -२ को मिरुवा पट्याङ्ररि चौतारी बाटो ढलान रु ११ लाखको काम पनि तीब्र हिसाब भइरहेको र उपर्युक्त समयमा अनुगमन गरिने गुरुङले हामी लाइ बताउनु भयो।

गुरुङको निर्बाचन क्षेत्र कास्की ३(१) का सबै योजनाहरूको करिब ८० प्रतिशत काम सम्पन्न भएको र बाकी काम केही दिनमै सम्पन्न हुने उहाको सचिबालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्: