Top Header Ad 1

इक्यानको उपाध्यक्षमा कास्कीबाट भुवन क्षेत्रीको उम्मेदवारी सर्वसम्मत घोषणा

इक्यानको उपाध्यक्षमा कास्कीबाट भुवन क्षेत्रीको उम्मेदवारी सर्वसम्मत घोषणा

परिबर्तन न्युज
२३ असार २०८० बजे
परिबर्तन न्युज
२३ असार २०८०

असार २३,काठमाडौं

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षको पदमा भुवन क्षेत्रीले उम्मेदवारी दिनुहुने भएको छ । उहाँ इक्यान कास्कीका पूर्व अध्यक्ष भइसक्नुभएले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान अन्तर्गतका शाखाहरुको तर्फ बाट प्रतिनिधित्व गर्दै इक्यानको उपाध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा भएको बताउनुभयो  ।

क्षेत्रगत प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता अनुरुप ‘इक्यानमा देशभरका शाखा शैक्षिक परामर्श  केन्द्रहरुमा व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ जस्ले गर्दा शाखाहरुले पनि इक्यान प्रतिको अपनत्व महसुस गर्न सक्नुपर्छ,’ भन्ने मेरो प्रमुख सोचाइ भएको हुनाले नै मैले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ भन्नुभयो ।

इक्यानले अबहुने अधिबेशन बाट केन्द्र र शाखाहरुलाई पुलकोरुपमा जोड्न सक्ने र शैक्षिक परामर्श व्यवसायि हरुको समग्र हकहितमा कामगर्न सजिलो बनाएर अगाडि बढ्नु पर्छ भन्न का लागि मेरो उम्मेदवारी हो भन्नुभयो ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानको अधिवेशन असार ३० गते काठमाडौंमा हुँदैछ  त्यस्को तयारी को लागि जेठ २१ गते बसेको शैक्षिक परामर्श केन्द्र इक्यान कास्कीको बैठकले भुबन क्षेत्रीलाई ईक्यानको उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तैगरी चितवन जिल्ला शैक्षिक परामर्श केन्द्र ECAN को जेठ २१ गते बसेको बैठकले शैक्षिक परामर्श केन्द्र चितवन का सचिव भइसकेका यसै सस्था मा  १५ वर्ष देखि निरन्तर काम गर्दै आउनुभएका हेमराज सिग्देललाइ सह कोषाध्यक्ष र विगत १२ वर्षदेखि शैक्षिक परामर्श केन्द्र ECAN संस्थामा रहेर काम गरिरहनुभएका मन्जित ढकाल लाइ केन्द्रीय सदस्य पदमा उम्मेदवार घोषणा गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै