Worldlink Communications

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय पोखरामा प्रेस चौतारी द्वारा तालाबन्दी

साउन १२,पोखरा
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरण को निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समिति ले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताउनुभयो।

पौडेलले ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ’ र ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समिति लाई गल्ती सच्याउन पटकपटक आग्रहगर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस  चौतारी महासंघको गण्डकी  प्रदेश कार्यालय मा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’ भन्नुभयो

प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको बताउनुभयो ।

‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्ला बाट पठाएको नामहरु मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ भन्नुभयो ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन्  ’ भन्नुभयो

पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: