Worldlink Communications

अलबिदा: कृष्ण अन्जान ज्ञवाली

साउन २०,पोखरा

बिगत तिनदसक देखि पेशागत रुपमा कर्मठ इमान्दार भइ पत्रकारिता गरिरहनुभएका कृष्ण अञ्जानको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको छ ।

बिरामि भएको २ दिनअघि उपचारको लागि गुल्मीदेखि बुटवल झर्नु भएका उहाको शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । अहिले उहाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र अस्ट्रेलिया भएकी छोरी भोलि बिहान मात्र आउने भए कोले उहाको दाहसंस्कार भोलि आइतबार उहाँकै जन्मस्थान गुल्मीको रुरु  गरिने भएको उहाँक परिबार ले जानकारी दिनुभएको छ ।

बुटवल ,नवलपरासी तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उहाको आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए । उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर नृशंस हत्या भएको थियो ।

गुल्मी को रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवारको रुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभिनन्दन हुनुभएका उहाको एक श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ विभिन्न संघसंस्थामा आबद्ध भइ काम गरिरहनुभएको उहाँ प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ ।

यस दुःखद घडिमा परिवर्तन न्यूज.कम उहाँको परिवार सम्पूर्ण आफन्तजन म गहिरो समवेदना प्रकट गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गमा  सम्मानित भएर बाँच्ने वातावरण बन्नेछ भन्दै हार्दिक श्रदान्जली ब्यक्त गर्दछ।

प्रतिक्रिया दिनुहोस्: