Worldlink Communications

प्रधानमन्त्रीलाइ आज साम्सदहरुले सोधनु हुनेछ -१२ प्रश्न

भदौ १२, काठमाडौं

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री सँग प्रतिनिधिसभामा साम्सदहरुले प्रश्नसोधने कार्यक्रम भए अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साम्सदहरुले प्रश्न सोधनु हुनेछ ।

महिनाको पहिलो साता प्रधानमन्त्री र साम्सदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । गएसाता लगातार  ससद अवरोध  भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नु भएको हो ।

साम्सदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । साम्सदद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले यो पटक दोस्रो समूहको पालोअनुसार समुहमा परेका साम्सदहरुले प्रश्न राख्नु हुनेछ ।

समूहमा परेका साम्सदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न ससद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज ससदमा प्रस्तुत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: