Worldlink Communications

नेपाली भुमि भारतमा देखाएको भन्दै बालेनले रद्द गरे चिन यात्रा  

भदौ १४,काठमान्डौ

नेपाली भुमि भारतमा देखाएको भन्दै बालेनले रद्द गर्नुभयो आफ्नो ५ दिने चिन यात्रा !

काठमाडौं महानगरपालिका को मेयर बालेन शाहले चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै आपत्ति जनाउनुभएको छ। नेपाललाई नसोधी नेपालको भूमि भारतको भन्दै देखाएकोले बालेनले चीनको ५ दिने भ्रमण स्थगित गर्नु भएको जानकारी दिनुभएको छ।

नेपालीहरु सबै मिलि २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको नक्सा को  बेवास्ता गर्दै  चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको पुरानै नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको देखेपछी बालेन सहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

” नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ” ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: