Worldlink Communications

दिप यूनाइटेड क्लवको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न

भदौ २३, पोखरा

रक्तदान जीवन दान जीवन दान महादान भन्ने नाराका साथ आज पोखरा महानगरपालिका वडा न.१६ मा रहेको दिप यूनाइटेड क्लवको आयोजना , सुर्योदय सेकेण्ड्रि स्कूको सहयोगमा ११औ खुल्ला रक्तदान खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदान कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खेमराज आचार्यले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमल्सिनाले गर्नुभएको थियो भने अतिथिहरुमा जनप्रतिनिधिहरु क्रमश रामचन्द्र आचार्य, राजकुमारी बानिया ,मन्जु नेपाली र रामकाजि गुरुङ लगायत विभिन्न संघसंस्थाका अध्यक्षहरु को सहभागितामा भएको रक्तदान कार्यक्रम निकै भव्य र सभ्य रुपले दिप यूनाइटेड क्लवका सचिव भीमप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।

ढिलो गरी सञ्चालन गरिएको कार्यक्रममा बोल्दै बिगतमा पटक पटक १०९ पोका ब्लड जम्मा गर्न सकिएकोले विभिन्न समयमा विभिन्न सस्थाहरु बाट पुरस्कार पाउँदै आएको सस्मरण गर्दै यस वर्ष पनि त्यति नै ब्लड संकलन गर्ने अपेक्षा गरेको भएपनि विविध कारणले ५४ पोका ब्लड मात्र जम्मा गर्न सकिएको सस्थाका अध्यक्ष खेमराज आचार्यले बताउनुभयो ।

प्रमुख अथिति अमृत शर्मा तिमल्सिनाले रक्तदान जीवनदान महादान भएकोले निरन्तर रुपमा यस संस्थाले आफ्नो वार्षिक क्यालेण्डरमा नै कार्यक्रम राखेर गर्न लागेको यो कार्यक्रमको खुलेरै प्रशंसा गर्नुभयो ।जिबनमा आफुमात्र बाँच्नुपर्छ भन्ने व्यक्ति मानवता नभएको हुने भएकाले आगामी दिनमा यसको महत्व सबैलाई बुझाउन सकियो भने अझै राम्रो कार्यक्रम हुने बताउनुभयो।

कार्यक्रमको सफलताको लागि सबैले स्वस्थमन र स्वस्थ शरीर बनाई रक्तदान गर्नु हुनको लागि शुभकामना दिनु भएको सो कार्यक्रममा आज ५४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमको संयोजक विष्णु कुमारी गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: