Worldlink Communications

पोखरा महानगरपालिका-२४ को वडा शिक्षा समिति द्वारा विद्यालय स्तरीय तीजगीत प्रतियोगितामा बसन्त आधारभुत मा.बि प्रथम

भदौ २९, पोखरा

पोखरा महानगर पालिका वडा-२४ कास्कीकोटको वडा शिक्षा समिति द्वारा विद्यालय स्तरीय तीजगीत प्रतियोगितामा बसन्त आधारभुत मा.बि ले प्रथम स्थान हासिल गरेको छ।

बडाले शिक्षा समितिले “समावेशी शिक्षा आजको आवश्यकता” भन्ने नाराका साथ गरेको सो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर-२४ ले आयोजना गरेको हो भने कार्यक्रमको व्यवस्थापन श्री कालिका माध्यमिक बिद्यालय पहरे पानिले गरेको थियो।

कार्यक्रमको अध्यक्षता कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पोखरा-२४ का वडाध्यक्ष भरत बहादुर अधिकारी गर्नुभएको सो कार्यक्रममस उपस्थित सम्पूर्ण ब्यक्तित्वहरु लाई पार्टीहरूको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि र वडा सचिव इन्द्रबहादुर जि सि लगायतले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रम लाइ भव्य र सभ्य रुपले कालिका माध्यमिक विद्यालय का  शिक्षक यादव प्रसाद भट्टराई सञ्चालन गर्नुभएको थियो।

निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की का कोषाध्यक्ष नवराज अधिकारी, जिल्ला सदस्य कृष्ण प्रसाद भट्टराई र गोरखा जिल्ला सदस्य सरला अधिकारी हुनुहुन्थ्यो । पोखरा-२४ भित्र १२ वटा बद्यालय रहेको भएपनि आजको प्रतियो गितामा ११ वटा विद्यालयले भाग लिएका थिए ।

एघार वटा टिमले भाग लिएको तिजगित प्रतियोगितामा प्रथम पुरस्कार ७०००/- बसन्त आधारभूत बिधालयले, द्वितीय पुरस्कार ५०००/- कालिका माध्यमिक विद्यालय पहरेपानिले,तिर्तिए पुरस्कार ४०००/- विश्वज्योति बोडिङ्ग स्कूलले र सान्त्वना पुरस्कार २०००/- सिद्द बराह आधारभूत बिधालयले प्राप्त गरेका थिए।

कालिका मा.वि. पहरे पानि, सदाशिव आधारभूत मा.वि, सिद्धबराह  आदर्श मा.वि, बिजय आदर्श मा.वि ,वसन्त आदर्श मा.वि, बाल प्रबोधन आदर्श मा.वि ,मातृभूमि आदर्श मा.वि ,सरस्वती कुन्ज आदर्श मा.वि, पामे आदर्श मा.वि ,विश्वज्योति अङ्ग्रेजी स्कूल, सनराइज अङ्ग्रेजी स्कूल ले भाग लिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: