Worldlink Communications

बिन्ध्यबासिनी क्याम्पस पोखरा 16 को दशौं बार्षिक साधारण सभा सम्पन्न

असोज ६, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १६ बाटुलेचौरमा रहेको बिन्ध्बासिनी क्याम्पस ले आज आफ्नो दशौं वार्षिक साधारणसभा क्याम्पस सन्चालक समितिका अध्यक्ष दानबहादुर बानिया को अध्यक्षता सम्मपन्न भएको थियो।

दशौं बार्षिक साधारण सभाको प्रमुख अतिथिको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आउनु भएको थियो भने विशिष्ट अतिथिहरुमा क्रमशःपूर्व प्रदेश प्रमुख एवं पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं मानार्थ सदस्य सोमनाथ अधिकारी प्यासी, पूर्व गण्डकी प्रदेशका मन्त्री कुमार खड्का लगायत अतिथिहरुमा स्थानीय शैक्षिक ,प्राज्ञिक व्यक्तित्वहरूको समुपस्थितिमा भएको कार्यक्रमलाइ भव्य र सभ्य रुपले  क्याम्पस का शिक्षक भिम गायक ले संचालन गर्नु भएको थियो ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएका गण्डकी प्रदेश का प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक संस्थाहरु नितान्त सेवा मुखी भएको हुनाले संस्थाहरुलाई टिकाइराख्न को लागि सबैले आआफ्नो ठाउँबाट दत्तचित्त भएर सहयोग गर्नुभएको देख्दा खुशी लागेको बताउनुभएको थियो। विन्ध्यवासिनी क्याम्पसको दशौं साधारण सभाको उद्घाटन गर्दै गर्दै गर्दा प्रदेश प्रमुख गुरुङले सिकेकाे शिक्षा र सिपलाई व्यवहारमा उतार्न सके मात्र जिवन सफल बन्ने बताउँदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको थियो।

पछिल्लो समयमा शैक्षिक संस्था संचालनमा कठिनाई देखिने गरेको बताउदै, क्याम्पसको संचालन तथा संरक्षणका लागि स्थानीय समुदाय नै जागरुक हुनुपर्ने बताउनु भयाे। संघीय सासंद विद्या भट्टराईले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउँदै सम्बन्धित विभिन्न निकायसँग समन्वय गर्ने बताउनुभयो।

गण्डकी प्रदेशमा यस किसिमका क्याम्पस धेरै भएको ले गण्डकी प्रदेशलाइ अलि अप्ठ्यारो भएपनि गण्डकी प्रदेशले आवश्यकता अनुसार सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो। फेरि पनि संस्थालाई सहयोग गर्ने आदरणीय सहयोगी मन र व्यक्तित्वहरू सबैलाई धन्यवाद खादा ओढाएर सम्मान गरिएको सो कार्यक्रम आफैमा भब्य र सब्य देखिन्थ्यो।

उहाँले पछिल्लो समयमा शैक्षिक संस्था संचालनमा कठिनाई देखिने गरेको बताउदै, क्याम्पसको संचालन तथा संरक्षणका लागि स्थानीय समुदाय नै जागरुक हुनुपर्ने बताउनु भएको थियो। संघीय सासंद विद्या भट्टराईले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउँदै विभिन्न निकायसँग समन्वय गर्ने बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री कुमार खड्का, नेपाल पब्लिक क्याम्पस संघका प्रदेश अध्यक्ष ऋषिराम बुढाथोकी, पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना, नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, प्राध्यापक डा टंकनाथ तिमिल्सिना लगायतले दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेको बताउदै क्याम्पसको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा क्याम्पसका उत्कृष्ट विद्यार्थी सरस्वती विक, तिलक आर्चाय, शर्मिला बास्तोलालाई सम्मान गरिएको थियो भने ३५ जना अक्षयकोषदाता र ६९ जना आजिवन सदस्यलाई प्रदेश प्रमुख पृथ्वी मान गुरूङले सम्मान गर्नुभएको थियो।

क्याम्पस प्रमुख विजय शर्माले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको चौतर्फी विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले क्याम्पसको आगामी एक वर्षभित्र गर्न सकिने कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु सबैले क्याम्पस को दशौं वार्षिक साधारणसभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।

tasbir: radha photo/ Agnidhar Timilsina

 

 

प्रतिक्रिया दिनुहोस्: