Worldlink Communications

नेस्टको बार्षिक साधारण सभा गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने – जि.स.स. कास्की प्रमुख – पौडेल 

असोज ६ , पोखरा

सीप हस्तान्तरण सशक्तीकरण ( नेस्ट),पोखराको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

२१औ साधारण सभा संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यक्रम पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो सो कार्यक्रम सस्था का सचिब सूर्य प्रसाद न्यौपानेले सन्चालन गर्नु भएको थियो।

पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रती थप जबाफदेही हुनुपर्ने बताउनुभयो।आफ्नो कार्यक्षेत्रप्रती स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसंग प्रभाबकारी समन्वय गर्न आग्रह गर्नुभएको थियो।

सस्था भित्र रहेका कमिकमजोरीहरू निराकरण गर्दै आफुहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका खेल्ने र सधै सहयोगी हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गैर सरकारी संस्था महा संघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का , वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी , पोखरा महानगर पालिका सामाजिक बिकास अधिकृत गीता न्यौपाने ,पोखरा महानगरपालिका वडा न ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पबित्रा के. सि. लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाले सूर्य प्रसाद न्यौपानेले पेश गर्नुभएको सचिबको प्रतिबेदन र संजय सुबेदीले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रूपले पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: