Worldlink Communications

सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले गरिन आत्महत्या

असोज ८, कालिकोट

दैलेख भगवतीमाई गाउँपालिका-५ का दानबहादुर शाहीसँग विवाह गरेकी गीताले शाहीले मानसिक तथा शारीरिक यातना सहन नसकी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालिकोट ले जानकारी दिएको हो।

दानबहादुरले पाँच वर्षअघि गीतालाई कान्छी श्रीमतीका रूपमा बिहे गरेर भित्र्याएका थिए । छोरा जन्माएपछि भने कुटपिट गर्दै हिंसा गर्न थालेपछि गीता अलग बस्दै आएकी थिइन् । दानबहादुरले गीता र उनका छोरालाई मारिदिने धम्की दिने गरेका थिए । न्यायका लागि गीत पटक–पटक प्रहरीसमक्ष पुगेकी थिइन् ।

पतिसँग सधैं जसो झगडा परेपछि उनले कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सान्नी त्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीता मानसिक यातनाकै कारणले चार वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएको भोलिपल्ट उनी नेपालगन्जमा भेटिइएकी थिइन् । भेटिएको केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै हिजो बिहान आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले आइतबार बिहान संरक्षक कर्मचारीहरू खाना गएका वेला शौचालय को ढोकामा गीताले झुन्डिएर आत्महत्या गरेको जानकारी दिनुभए को हो।

गीताका श्रीमान् दानबहादुर दैलेख घर भए पनि कालिकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य हुनुहुन्छ । केही समयअघिसम्म कार्यालय सचिवको काम गर्थे । तर, महिला हिंसा गरेको उजुरी परेपछि एमालेले उनलाई सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: