Worldlink Communications

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

असोज १२ ,पोखरा

युनाइटेड क्लब [ पोखरा -१० अमरसिह चोक ] काअध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो ।

बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन हुनुभएका स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका हुनुहुन्छ। स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा दाहसंस्सकार गरिएको परिवारले जनाएको छ ।

स्वर्गीय श्रेष्ठ सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएका  श्रेष्ठले घिरिङ ३ मा रहेको चन्द्रज्योति माविलाई जग्गादान समेत गर्नु भएको उहा  विद्यालय व्यवस्थापन समितिमा रही विद्यालय भवन निर्माणमा समेत योगदान गर्दै घिरिङको बिकास निर्माणमा सक्रिय रहदै आउनु भएको थियो ।

स्वर्गीय श्रेष्ठ को आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी युनाइटेड क्लव परिवारले समवेदना प्रकट गरेको छ । त्यसैगरी नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूूर्य बहादुर बानियाले वडा कमिटिका सचिव राजु श्रेष्ठको बुुवाको निधन प्रति शोक बक्तब्य जारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: