ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जित्यो

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जित्यो

परिबर्तन न्युज
१३ आश्विन २०८० बजे
परिबर्तन न्युज
१३ आश्विन २०८०

असोज १३,पोखरा

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको प्रथम उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो ।

Advertisement:Ad

फाईनल राउण्डमा गरेको उत्कृष्टका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्डले दोस्रो हुदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेस्रो हुदै  नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

उत्कृस्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित र  लिड गिटारमा कालिका मा वि का अनमोल थापा, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भएका थिए  ।विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे  गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्याम गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गर्नु भयको थियो  ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज