Worldlink Communications

पोखरा महानगरपालिका वडा न.२८ द्वारा सरसफाइ कार्यक्रम सम्पन्न

असोज २४,पोखरा

पोखरा महानगरपालिका वडा न. २८ ले आज त्यस क्षेत्र आसपासका विभिन्न स्थलहरु सरसफाई कार्यक्रम गरेको  छ।

पोखरा महानगरपालिका वडा न. २८ को आयोजना र पोखरा  महानगरपालिकाको समन्वय र राइजिंग स्टार युवा क्लब, पोखरा वडा न. २८ का स्थानीय महिला समूह नागरिक समाज लगाएत आमा समूह हरु को उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

नजिकिँदै गरेका चाडपर्वहरूको शुभउपलक्ष्यमा पोखरा वडा न. २८ मा रहेका गाउँ टोल, सार्वजनिक संस्था, धार्मिक सम्पदाहरू सरसफाइ गर्ने कार्यक्रम आयोजना गरे अनुसार स्थानीय व्यक्तिहरू को समुपस्थितिमा पोखरा वडा न. २८ ले आफ्नो सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो।

बिहान ७:३० बजे देखि पोखरा महानगरपालिका २८ को वडाध्यक्ष श्रीकृष्ण लामिछाने लामिछानेको प्रमुख अगुवाइ र जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाहरूको उपस्थितिमा सुरु गरिएको सरसफाइ कार्यक्रम रत्न शोभा मा वि रैकर, शिव मन्दिर मनकामना मन्दिर,चमेली मन्दिर , दुर्गा मन्दिर,सौर्य बजार ओखले, शिवालय मन्दिर ठूला कोट,भैरव मन्दिर, जनज्योति मावि, कालिका बजार, कालिका मन्दिर, कैलासेस्वर मन्दिर, केदारेश्वर मन्दिर, सुर्के मैदान लगायतका स्थान मा  सरसफाई गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: