Worldlink Communications

पोखरा हेमजामा सवारी दुर्घटनामा परी एकको मृत्यु दुई जना घाइते

कार्तिक ३, पोखरा

पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने घटनामा दुई जना घाइते भएका छन् ।

पोखराको भाइरल रोड हेमजाको फुर्केटारी चोकमा ग १६ प २९१ नं र बागमती प्रदेश ०२–०१६ प ७०८४ नं. को मोटरसाइकल एक अपसमा ठक्कर खाँदा ग १६ प २९१ नं. को मोटरसाइकलका चालक गोरखा पालुङटारका वर्ष ३० शुक्रराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतामा राति निधन भएको बताइन्छ । घटनामा मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएकामा उपचार भइरहेको छ । प्रहरीले दुवै मोटरसाइकलहरु नियन्त्रणमा लिई घटनाको अनुसन्धान प्रकृया अगाडी बढाईएको  छ ।

प्रतिक्रिया दिनुहोस्: