Worldlink Communications

पोखरा महानगरपालिका वडा न.६ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्यो

कार्तिक ३ , पोखरा

पोखरामा महानगरपालिका वडा न. ६ ले बाराही माध्यमिक विद्यालय को सभाहलमा आज शुभकामना आदानप्रदान तथा चियापान साथै छलफल कार्यक्रम गरेको छ।

पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई को अध्यक्षता र  पूर्व प्रदेशसभा सदस्य राजीव पहारीको समउपस्थिति भएको कार्यक्रम वडा नम्बर ६ कार्यलय सचिव रामबहादुर खत्रीले संचालन गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष कार्यक्रमका कार्यक्रमको अध्यक्षता गरिरहनु भएका वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले सम्पूर्ण वडाको विकास सँगै कहाँ-कहाँ के-के गर्नुपर्ने केके गरिएको सबै बिषयहरु को जानकारी सहित कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको भएको थियो।

पूर्व प्रदेश संसद राजीव पहारीले पोखराको वडा न. ६ पर्यटकीय क्षेत्र को हब नै भएको र आफु त्यही वडाको वडाबासि भएको हुनाले समग्र वडाको विकासमा आफू धेरै चिन्तित भएको र आगामी दिनमा यहाँका हरेक विषयहरु पर्यटनसँग जोडिनुपर्ने जोडिएका विषयहरु लाई अझै घनिभूत तरिकाले छलफल गरि बिकास गर्दै बिदाबुदाको लिस्टिङ गरेर विकास गर्नुपर्नेमा जोड दिनुभयो।

जनप्रतिनिधि शोभा जलारीले कार्यक्रममा आफ्नो स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा पर्यटन परिषद, हान, रेवान विभिन्न आमा समूहका अध्यक्षहरुको टोल सुधार समितिका अध्यक्षहरु सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधिहरु लगाएको सम उपस्थित भएको सो कार्यक्रममा करिब २०० जनाको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले समग्र वडा विकास कसरी गर्ने कसरी कार्यक्रम गर्दा राम्रो हुन्छ भन्ने जस्ता बिषयमा छलफलमा भाग लिनु भएको थियो ।विशेषगरी वडा नम्बर ६ मा आफ्नै कार्यालय नभइरहेको अवस्थालाई सबैले वडा कार्यालय छिटोभन्दा छिटो बन्नुपर्ने विषयमा आफ्नो अभिमत जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: